arrow

नियम विपरीत सहकारी संचालनमा, स्थानीयतहले थाल्यो अनुगमन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
sahakari_anugamn.jpg

स्याङ्जा । जिल्लामा संचालनमा आएका सहकारीहरु नियम विपरीत संचालन गरेको पाइएको छ । जिल्ला डिभिजन सहकारीलाई स्थानीयतहमा गाभिएपछि अनुगमन गर्दा सहकारीहरु नियम विपरीत संचालन भएको पाइएको हो । अर्जुनचौपारी गाँउपालिकाले आफ्नो स्थानीयतहमा संचालनमा आएका सहकारीहरुको अनुगमन गर्दा अधिकांश सहकारीहरु उदेश्य भन्दा बाहिर रहेर संचालन हुदै आएको फेला परेका हुन् ।

गाँउपालिकाले गण्डकी प्रदेश सहकारी मन्त्रालयबाट अधिकृत सहितको टोली बोलाएर अनुगमन थालेको प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ्ले बताए । सहकारी बुझेका कर्मचारीको अभाव पालिकामा छ प्रमुख प्रशासकिय अधिकृत गुरुङ्ले भने,“कर्मचारी अभावले पालिका भित्र रहेका सहकारी अनुगमन र निरिक्षकमा कठिनाई छ ।” पहिलो चरण प्रदेश मन्त्रालयबाट कर्मचारी झिकाएर अनुगमन थालेका छौ गुरुङ्ले भने ।

गाँउपालिकाले सबै वडाहरुमा रहेका सहकारीहरुलाई एक हप्ताको समय लगाएर अनुगमन गर्दैछ । अहिले सम्म गाँउपालिकामा १६ सहकारी संचालनमा रहेका छन् । अनुगमन शुरु गरेदेखि ७ ओटा सहकारीको अनुगमन गरिएको छ प्रमुख प्रशासकिय अधिकृत गुरुङ्ले भने,“अधिकांश सहकारीहरु सहकारी ऐन विपरीत संचालनमा रहेको पाएका छौं ।” जुन प्रयोजनका लागि सहकारी दर्ता गरिएको हो त्यो प्रयोजन भन्दा भिन्न रहेर सहकारी संचालन गरिएको गुरुङ्ले भने । अधिकांश सहकारी कृषि उदेश्यका साथ खोलीए पनि वचत तथा ऋणको कारोवार गर्दै आएका छन् । यो पहिलो अनुगमन भएकाले सुझाव दिने काम मात्रै भएको गुरुङ्ले बताए ।

अनुगमन टोलीले गाँउपालिका भित्र रहेका सहकारीको अनुगमन पश्चात प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदनका आधारमा सुझावका लागि सहकारीहरुलाई निर्देशित गर्ने तयारीमा गाँउपालिका रहेको गुरुङ्को भनाई छ । ११ स्थानीयतह मध्ये अर्जुनचौपारी गाँउपालिकाले सहकारी अनुगमन गरेको पहिलो भएको बताइएको छ । अन्य पालिकाले अनुगमन गरेको वा नगरेको बिषय भने बाहिर नआएकाले जिल्लामै पहिलो हुन सक्ने अनुमान लगाइएको छ ।

 स्थानीयतहमा सहकारी कार्यालय नआउदा जिल्ला डिभिजन सहकारीले अनुगमन गर्ने गरेको थियो । विगतमा जिल्लाले गरेको अनुगमनको प्रभावकारिता नभएकै कारण अधिकांश सहकारीहरुले उदेश्य भन्दा बाहिर गएर सहकारी संचालन भएको हुन सक्ने अनुमान यो अनुगमनबाट गरिएको छ । गाँउपालिका भित्र नियम विपरित संचालनमा आएका सहकारीको बारेमा कार्यपालिकाको ध्यानाकर्षण भएको गाँउपालिका अध्यक्ष दिर्घनारायण अर्यालले बताए ।

टोलीले ल्याएको प्रतिवेदनका आधारमा गाँउपालिकाले सहकारी नीति बनाएर अगाडी बढ्ने छौ अध्यक्ष अर्यालले भने,“ जे उदेश्य राखेर दर्ता गरिएको हो सोही बमोजिम सहकारी संचालन गर्न निर्देशन दिनेछौं ।” कृषि सहकारीले कृषि सम्वन्धी काम नगरेर बचत तथा ऋण संचालन गर्न पाईदैन अध्यक्ष अर्यालले भने । ७ ओटा अनुगमन गरेकोमा एउटा मात्रै बचत तथा ऋण सहकारी रहेको र अन्य कृषि सहकारी रहेका छन् । सबै कृषि सहकारीले बचत तथा ऋणको कारोवार गर्दै आएकोले अबका दिन देखि व्यवसायको प्रकृति परिवर्तन गर्न निर्देशन दिने अधिकृत गुरुङ्ले जानकारी दिए ।

संघियता सगै जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयलाई स्थानीयतहमा गाभिएका छन् । अझै विभागीय कर्मचारीहरु स्थानीयतहमा नहुदा कतिपय काम कारवाहिमा समस्या हुने गरेको पनि छ । सरकारले सहकारी मर्च गर्ने अभियानको सुरुवात गरिरहदा यस्ता अनुगमनले सरकारको अभियानलाई सफल बनाउन महत्वपूर्ण भुमिका हुने विश्वास लिइएको छ । यस्तो क्रियाकलाप अन्य स्थानीयतहले पनि गर्नु जरुरी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ