arrow

पत्रकारको पक्षमा देशव्यापी समर्थन, सरकार रक्षात्मक

logo
प्रकाशित २०७६ भदौ ६ शुक्रबार
Journalist-dharna-doti.jpg

काठमाडौं । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएको विरोधमा पत्रकार जगत, राजनीतिक दल र नागरिक समाज एकसाथ अघी आएको छ।

राष्ट्रिय सभादेखि प्रतिनिधी सभामा समेत हटाइएका पत्रकारको पक्षमा आवाज उठाइदा सरकारको नियतमाथि पनि प्रश्न उठाइएको छ। शुक्रवार नै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि विज्ञप्ती निकालेर सरकारको नियतमाथी आक्रमण गरे।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारी रवैयाको विरोध गरेको छ भने पत्रकार महासंघ प्रदेश र जिल्ला शाखा आन्दोलनमा छ्न्।

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाईमा पुर्नबाहलीको माग गर्दै धर्ना सुरु भएको छ ।

रेडियो नेपालमा कार्यरत तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नु पर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु गरिएको हो । बिहीबार पहिलो दिन मुखमा कालो पट्टी बाधेर धर्ना दिइएको छ भने शुक्रबार टाउकोमा कालो पट्टी बाधेर बिरोध  गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

पहिलो चरणमा  तीन दिनसम्म पत्रकार महासंघ डोटीको अगुवाईमा प्रदेश प्रशारण केन्द्र दीपायलको गेटमा धर्ना सुरु गरिएको हो ।

प्रदेश प्रशारण केन्द्र दिपायलमा १० बर्ष देखि उद्घोषक पदमा कार्यरत  सुनिता रावल, ३ बर्ष देखि डोटेलि समाचार बाचक तथा कार्यक्रम संचालक  प्रकाश बम र ३ बर्ष देखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई बिना सुचना बर्खास्त गरेपछि महासंघले रेडियो प्रसार सेवा बिकास समितिलाई ज्ञापन पत्र बुझाउनुका साथै विज्ञप्ती जारी गर्दै पुर्नबाहलीको लागि जोडदार माग समेत गरेको अध्यक्ष बलायर बताएका छन्  ।

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो। भाद्र १ गते देखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ती दिईएको छ । यसै विषयमा रास्ट्रिय सभामा र प्रतिनिधि चर्को बिरोध गरिएको छ। 

बुधबार रास्ट्रिय सभामा सान्सद तारा देबि भट्ट र बिहीवार प्रतीनिधि सभामा  सांसद डाक्टर डिला सग्रौला पन्त र अर्का सांसद अतहर कमल मुसलमानले तत्काल पुनर्बहालिको माग गरेका छन् । 

त्यस्तै नेपाल पत्रकार महासङ्ग केन्द्रिय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश, नेपाल पत्रकार डोटी शाखा, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन डोटी शाखाले प्रेस बिज्ञप्ति जारी गरेको छ।

सर्वत्र विरोध हुँदा सरकार रक्षात्मक अवस्थामा पुगेको छI



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ