arrow

पूर्वाधार निर्माण गर्न सहयोग

logo
रासस,
प्रकाशित २०७६ भदौ ७ शनिबार
Tanahu-hamrakura.jpg.jpeg

दमौली। धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गइरहेको तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित पान्धारे मन्दिर संरक्षण र पूर्वाधार निर्माणका लागि रु एक लाख सहयोग हस्तान्तरण गरिएको छ।

पान्धारे उपभोक्ता समिति साँगेले मन्दिरमा पूर्वाधार निर्माणका लागि रु एक लाख एक हजार सहयोग गरेको हो। समितिका अध्यक्ष यज्ञप्रसाद खनालले मन्दिर संरक्षण समितिका अध्यक्ष काजीमान श्रेष्ठलाई रकम हस्तान्तरण गर्दै पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्न आवश्यक रहेको बताए। “दमौली बजारबाट नजिक भएर पनि मन्दिर ओझेलमा परेको महसुस हुनथालेको थियो”, खनालले भने, “सञ्चारमाध्यमबाट यसको प्रचार–प्रसार हुन थालेसँगै मन्दिर वरपर पूर्वाधार निर्माणको आवश्यकता खड्किएको छ।”

व्यास नगरपालिका–५ का अध्यक्ष एवं प्रवक्ता मोहनकुमार श्रेष्ठले आफ्नो वडासँगै जोडिएको यस ठाउँको विकासका लागि वडा र नगरपालिकाको तर्फबाट पनि सहयोग रहने बताए। “नगरपालिकाको सीमा जोडिएको यस मन्दिरले म्याग्देको मात्रै नभई व्यासको पनि पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्छ”, वडाध्यक्ष श्रेष्ठले भने।
 
पर्यटन प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित मन्दिर परिसरमा पोखरी निर्माण गरिएको छ। पोखरी निर्माणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालयको रु चार लाख र डिभिजन वन कार्यालय तनहुँको रु दुई लाख सहयोग गरेको थियो। पोखरी निर्माणका लागि स्थानीयवासीले श्रमदान गरेका थिए। १७५ फिट गोलाइ र ५५ फिट उचाइ रहेको उक्त पोखरीमा वाराही मन्दिरको देवताका रुपमा रहेको मत्स्यकन्याको मूर्ति राखिनेछ।

जिल्ला भू–संरक्षण कार्यालय र जिल्ला वन कार्यालयकै आर्थिक सहयोगमा मन्दिर परिसरमा तटबन्धन गरिएको थियो। श्रेष्ठका अनुसार पाँच धारा अविरल रुपमा बगिरहने यस ठाउँको पर्यावरणले धेरैलाई आकर्षित गर्न सक्छ। यस स्थानमा चण्डी देउता र राक्षसको युद्ध हुँदा देउता विजयी भएको र देउताले जनताको संरक्षण गरेको धार्मिक किंवदन्ती रहँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ