arrow

एनआरएनए आयरल्याण्डमा मिलन छन्त्याल

logo
सुवेश दवाडी,
प्रकाशित २०७६ भदौ ७ शनिबार
nrn-ireland.jpg

डब्लिन। “सहमति समझदारी र एकता तथा परिवर्तनको लागि नयाँ अनुहारको” नारा दिएर यही २०७६ भाद्र २ गते आयरल्याण्डमा भएको एनआरएनएको सातौं अधिवेशनले मिलन छन्त्यालको अध्यक्षतामा १३ जनाको कार्यसमिति निर्वाचित गरेको छ ।

अध्यक्षमाः मिलन छन्त्याल निर्वाचित हुँदा उपाध्यक्षमा राम प्रसाद सापकोटा र अभेद्यपाणि गौतम, महिला उपाध्यक्षमा सुनिता कार्की, महासचिवमा ओम अधिकारी, कोषाअध्यक्षमा सुमन गुरुङ्ग, सचिवमा प्रेम प्रसाद घले, सह–कोषाध्यक्षमा जयन्द्र राना तथा महिला सदस्यमा करुणा थापा र अन्य निर्वाचित सदस्यहरुमा बाबुकृष्ण खतिवडा, दिपा राई, निशान्त शर्मा, प्रकाश तामाङ र पुस्कर बोम्जन निर्वाचित भएका छन् ।

त्यसैगरी आइसिसि सदस्यमा विनोद कार्की र महिला संयोजकमा अन्जु काफ्ले र युवा संयोजकमा अनिश भण्डारी निर्बिरोध निर्वाचित भएकाा छन्। 

सातौ साधारण सभाको समापन पश्चात् निर्वाचित अध्यक्ष मिलन छन्त्यालले निवर्तमान एवं पूर्व अध्यक्षहरु सबैलाई धन्यवाद व्यक्त गर्दै पर्यटन वर्ष २०२० लाई सहयोग पुर्‍याउन पर्यटन प्रवद्र्धन गर्न प्रमुख भुमिका निभाउने र आयरल्याण्ड लगायत युरोपसँग खेलकुदको क्षेत्रमा कार्य गर्ने बताए । तत्कालै युरोपियन फुटबल प्रतियोगिता गर्न कार्य थालिने बताए । त्यसैगरी आयरल्याण्डमा आएर बसेका नेपाली दाजुभाईहरुको संघ–संस्था लगायत नेपाली दाजुभाईहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत निर्वाचित अध्यक्ष छन्त्यालले व्यक्त गरे ।

समापन कार्यक्रममा निवर्तमान अध्यक्ष नवराज कोइराला, निवर्तमान महासचिव उज्ज्वल होम्बाले, पूर्व अध्यक्षहरु गणेश युसाङ्गे, राजन काफ्ले लगायत आयरल्याण्डमा बसोबास गर्दै आएका नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। 

सातौं साधारण सभाका प्रमुख अतिथि गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले निर्वाचितहरुलाई बधाई दिँदै आगामी दिनमा एनआरएनए आयरल्याण्डलाई नेपालीहरुलाई सक्दो सहयोग गर्न समेत आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ