arrow

पाल्पाका साइकलयात्री पुरनको ट्रकले किचेर गयो वुटवलमा ज्यान

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ भदौ ७ शनिबार

रुपन्देही।  बुटवलको ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

लु २ ख ६८४ नम्बरको ट्रकले आज दिउसो करिब १.१५ बजेको समयमा किच्दा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटीको मृत्यु भएको हो।

सोहि स्थानका वर्ष ३६ का थम्मन बहादुर रासकोटी घाइते भएका छन् । उनीहरुले बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।

उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानिय प्रत्यक्षदर्शीहरुले साइकल तथा मोटरसाइकल यात्रीलाई अन्य ठूला सवारी साधनले हेपेर सवारी चलाउने कारणले पनि धेरै दुर्घटना हुने गर्दछ। यो दुर्घटना पनि ट्रक चालकको यस्तै हेपाहा प्रवृतीको कारणले दुर्घटना भएको जनाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ