arrow

पति कुवेतमा पत्नीको सुत्केरी हुने क्रममा मृत्यु

logo
प्रेम रौले,
प्रकाशित २०७६ भदौ ७ शनिबार
Bajura-hamrakura.jpg.jpeg.jpeg

बाजुरा। मार्तडीस्थित जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षिया श्रीमती बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन। घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ जिल्ला अस्पतालमा सुत्केरी गराउन ल्याएका थिए । अस्पतालमा स्वास्थ्यकर्मीहरुले उनको उपचार गरिहेको बेला उनको एक्कासी मृत्यु भएको आफन्त प्रेम नेपालीले बताएका छन् ।

सुत्केरी महिलाको शरिरबाट अत्याधिक मात्रामा रगत बगिसकेको र उनलाई आवश्यक परेको रगत समेत खोजि भईसकेको थियो तर पनि उनको एक्कासी मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर दुर्गा महर्जनले बताएका छन् ।

सुत्केरी महिलाका परिवारहरुले उनलाई गत साउन २६ गते जिल्ला अस्पताल ल्याएका थिए । अस्पतालमा डाक्टरहरुले सुत्केरीको अवस्थाबारे बुझेपछि उनलाई भदौ २ गते जिल्ला अस्पतालमा सुत्केरी गराउनका लागि ल्याउनु पर्ने सल्लाह दिएका थिए ।

तर उनका आफन्तहरुले सुत्केरी नेपालीलाई समयमै जिल्ला अस्पतालमा सुत्केरी गराउन नल्याएपछि उनलाई सुरक्षित अवस्थामा सुत्केरी गराउन नसकिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर रोहित गिरिले बताएका छन् । मृतक नेपालीका श्रीमान रोजगारीको सिलसिलामा कुवेतमा रहेका छन् ।

मृतक सुत्केरी महिलाको पोष्ट मार्टमका लागि अस्पतालमा राखिएको छ। मृतकका श्रीमान रोजगारीका लागि कुवेतमा भएकाले पोष्ट मार्टममा समस्या आएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ