arrow

अरिङ्गालले लियो ज्यान 

logo
प्रकाशित २०७६ भदौ ७ शनिबार
aringal1.jpg

जाजरकोट । जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट शनिबार मुत्यु भएको हो ।     
     
 घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए । 

शनिबार बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पुर्याएको भए पनि उपचार गर्दा, गर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ