arrow

बाघको आक्रमणबाट मृत्यु भएकीको परिवारलाई तत्काल ५० हजार 

logo
दीपकलाल श्रेष्ठ,  
प्रकाशित २०७६ भदौ ८ आइतबार

बर्दिया । बर्दियाको गेरुवा गाँउपालिका वडा नं ४ डङपुरमा बाघको आक्रमणमा परि बिहीबार मृत्यु भएकी ५६ बर्षिया रामकली शाहीको परिवारलाई तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ। 

बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कार्यालय प्रमुख श्याम थापाले बताए। 

उनले भने, ‘हामीसंग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुनेछ ।’

रकम हस्तान्तरण कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, गेरुवा गाँउपालिकाका प्रमुख जवानसिंह केसी र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतको उपस्थिति रहेको थियो। 

‘घटना दुःखद छ र अबका दिनमा वन्यजन्तुबाट यस्ता किसिमका घटना नहुन दिनका लागि तारबारलाई अझै व्यवस्थित गराउने साथै स्थानीय र गाँउपालिकाका प्रमुख संग बसेर बृहत छलफल गरी वन्यजन्तुबाट हुने क्षतिलाई न्युन पार्न तत्काल नै पहलकदमी चालिने छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने ।

घटनाबाट सबै बर्दियावासी स्तब्ध भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । नगद ५० हजार हालको लागि राहतस्वरुप मात्र भएको र क्षतिपूर्ति बापत नेपाल सरकारबाट पाउने १० लाख रुपैयाँ छिटो उपलव्ध गराउनका लागि सामान्य कागजी प्रक्रिया पुरा हुने बित्तिकै मृतकका परिवारलाई हस्तान्तरण गरिने कुरुम्बाङले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ