arrow

सांसद बडूले जनतासंग अङ्गालो हालेर डेउडा खेल्दै मनाए गौरा पर्व 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७६ भदौ ८ आइतबार
deudaaa.jpg

दार्चुला । सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्वमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सांसद दिलेन्द्रप्रसाद बडूले जनतासंग अङ्गालो हालेर डेउडा खेलेका छन् । 

मंगलबार गृह जिल्ला दार्चुला पुगेका सांसद बडूले शुक्रबार महाकाली नगरपालिकाको वडा नम्वर ७ धापमा हरेक वर्ष धुमधामका साथ हुने गौरामा जनताका साथ डेउडा खेलेर यस वर्षको गौरा मनाएका हुन् । 

सुदुरपश्चिमको मौलिक पर्व गौराको प्रभाव देशभर बढ्दै गएका बेला सांसद बडूसंगै महाकाली नगरपालिकाका प्रमुख हंशराज भट्टले पनि डेउडा खेलेका हुन् । 
 
नेपाली काँग्रसका नेता एव सांसद बडूले सुदूरपश्चिम संस्कृतिमा धनी रहेको भन्दै एक अर्काको पाखुरा समातेर पैतली मिलाउँदै डेउडा खेलेका हुन् । 

सामाजिक सद्धभाव कायम राख्न र आपसी भाइचारा, मेलमिलापको वातावरण श्रृजना गर्ने हाम्रा गौरा लगायत अन्य विभिन्न चाडपर्वहरु सुदुरपश्चिममा धुमधामका साथ मनाइन्छ । 

गौरामा डेउडा खेल्दै सांसद बडूले गौरा पर्वको सबैमा शुभकामना व्यक्त गरेका छन् । सुदुरपश्चिमको पहिचान बोकेको भाषा संस्कृतिको जगेर्ना गर्न सांसद बडूले जनतासंगै अङ्गालो हालेर पैतली मिलाउँदै डेउडा खेलेका हुन् । 
 
सुदूरपश्चिमलगायत राजधानीका साथसाथै विदेशमा समेत मनाइने यो पर्वमा आफ्ना इष्ट–मित्र र नाता–कुटुम्बमा मात्र सिमित नरही सम्पूर्ण जनसमुदायको व्यापक सहभागितामा मनाइने भएकाले सामूहिक एकताको भावना यस पर्वको मुख्य विशेषता हो । एक सातासम्म मनाइने यो पर्वलाई काम पछिको विश्राम र आफन्तजन सँगको भेटघाटको अवसरका रुपमा पनि लिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ