arrow

बझाङका चार स्थानीय तहमा टेलिफोन सेवा अबरुद्ध

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ भदौ ८ आइतबार
business-telephone-systems.jpeg

बझाङ। जिल्लाको चार वटा स्थानीयतहरुमा टेलिफोन सेवा अबरुद्ध भएपछि स्थानीय सञ्चार सुबिधाबाट बन्चित भएका छन् । बझाङको  बातालेखमा रहेको  नेपाल टेलीकमको टावरमा रहेको सोलारमा खराबी आएपछि चार वटा स्थानीय तहहरुका स्थानीयबासी सञ्चार सुबिधाबाट बन्चित भएका हुन् ।

बातालेखमा रहेको टावरमा रहेको सोलार ब्याट्रिहरु चार्ज नभएपछि टेलिफोन सेवा प्रत्येक बेलुका देखि बिहान १० बजे सम्म अबरुद्ध हुदै आएको छ । बातालेखामा रहेको टाबरबाट जिल्लाका अन्य टावरहरुमा लिंक भएको हुनाले बातालेखमा समस्या आउना साथ अरु टावरहरुमा समेत समस्या आउने गरेको छ । प्रत्येक बर्ष यसरी बारम्बार सेवा अबरोध हुदा सम्म पनि सरोकारवालाले चाँसो नदिएको यहाँका स्थानीयहरुले गुनासो गरेका छन् ।  नेपाल टेलिकमको यस क्षेत्रका लागी भर पर्दो नेटवर्क (सिडिएमए )स्काई फोन र नमस्ते  थियो ।

नेटवर्क आउने जाने समस्याको हैरानी खेप्दै आएका स्थानीयहरुले टेलिकमको टावरमा दिगो र भरपर्दो बिद्युत सेवा हुनुपर्ने भन्दै बारम्बार माग गर्दै आई रहेका छन् । खप्तड छान्ना गाउँपालिकाका स्थानीय मदनराज जोशीले भने बर्षेनी यस्तै समस्याले गर्दा हामीले पटक पटक नेपाल टेलिकम र जाप्रतिनीधीहरुलाई गुनासो सुनाएका थियौ तर कतैबाट सुनिवाई समेत भएन् । उनले भने गाउँ नजिकै टावर बन्यो अब त राम्रो संग टावर टिप्छ र आफन्तहरु संग कुराकानी र ईमेल ईन्टरनेट चलाउन पाईन्छ भन्ने सोचेका थियौ तर समस्या जस्ताको तेस्तै छ ।  

‘एक महीना देखी सन्चार नहुँदा यहाँका आफन्तलाई ईमरजेन्सि खबर पुर्याउनका लागी हिडेर नै जानु परेको उनको भनाई छ  । विदेश अन्य जिल्ला आकस्मिक भयो फोन गर्नु पर्यो भने साह्रै समस्या हुने गरेको समेत जोशीको भनाई छ ।  उहाा जस्तै स्थानीय गोरख थापाको पिडा पनि उस्तै छ । उनले भने  सरकारले पनी यी यस क्षेत्रलाई सौतेनि ब्यावहार गरे जस्तो लाग्छ ,नत्र भने अहिलेको अती आवस्यक पर्ने सञ्चार बाट हामीहरुले बन्चित हुनु पर्ने थिएन होला ।

थापाको मात्र होईन यस्तो भनाई यहाँका धेरै जस्तो स्थानीयहरुको यही गुनासो छ । हामीलाई राज्यले किन सौतेनी ब्यावहार गर्दछ ? तिन बर्ष भन्दा बढी समय भै सक्यो कसै संग सम्पर्क गर्न पाएका छैनौ दिउसो घाम लागेपछि मात्र अउछ घाम अस्ताउना साथ वा बादल लाग्ना साथ टावर जाने गर्दछ ,  नेटवर्क आयोकी भनेर  मोबाईलमा हेर्छौ खै नेटवर्क बनाउन सरोकारवालाले चाँसो नै दिएका छैनन् कसरी नेटवर्क आउन्छ थापाले भने ।

नेपाल टेलिकमका  बझाङका निमित्त कार्यलय प्रमुख बम बहादुर सिहंका अनुसार बातालेखमा  टावरमा रहेका सोलारका ब्याट्री विग्रीएका कारणले साईपाल , तल्कोट मस्टा ,सुर्मा र छबिसपाथीभेरा र खप्तड छान्ना गाउँपालिकामा समस्या उत्पन्न भएको बताए । उनले विहान र बेलुका नेटवर्क नभए पनी दिउसो घाम लागे पछि नेटवर्क सन्चालन हुने गरेको जानकारी दिए ।  

नेपाल टेकिमका बाटा टाबर बाट झण्डै दुई किलो मिटर नजिकै मालुमेलामा प्रायाप्त मात्रामा बिद्युत उत्पादन भएको भएपनि थोरै लागानीमा टेलिकमको टावर सम्म पुग्थ्यो स्थानीय बिरेन्द्र सिंहले भने यता तिर कसैको ध्यान पुगकेको छैन् । जडारी गाड लघुजलबिद्युत आयोजनाका सचिब लोकेन्द्र बिष्टले भने  नेपाल टलिकमको टावर भएको स्थानबाट झण्डै दुई किलो मिटर नजिकै बिद्युत पुर्याएका छौ , नेपाल टेलिकम तथा अन्य सरोकारबाला निकायले बिद्युतको लाईन बनाई दिएपछि हामी बिद्युत दिन तत्पर रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ