arrow

सिनेमालाई भारतको वैकल्पिक धर्म भन्थे जेटली

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
jetle.jpg

काठमाडौं । सन् २०१४-२०१६मा अरुण जेटली मोदी सरकारमा सूचना तथा प्रसारण मन्त्री थिए । सो समय गोवामा भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव (आईएफएफआई) को उद्घाटन गर्न मुख्य अतिथिका रूपमा पुगेका थिए ।

त्यस समयमा उनले आफ्नो भाषणमा सिनेमालाई भारतको वैकल्पिक धर्म भनेर वर्णन गरेका थिए। जेटलीले भनेका थिए, "हामी हाम्रो देशमा प्रत्येक बर्ष १००० भन्दा बढी फिल्महरू बनाउँछौं जुन विश्वको कुनै पनि उद्योगमा सब भन्दा ज्यादा हो । कहिलेकाँही यो भनिन्छ कि भारतमा क्रिकेट एउटा धर्म हो। यो सही छ। तर सिनेमा हाम्रो देशको वैकल्पिक धर्म हो।

जेटलीले आफ्नो भाषणमा थप भनेका थिए सिनेमा मनोरञ्जनको साथसाथै शिक्षा पनि प्रदान गर्दछ। उनका शब्दहरू थिए, "युवाको विकासशील दिमाग औपचारिक शिक्षा भन्दा चलचित्रहरू पढेर बढी सिक्दैछन्। भारतको सिनेमा उद्योग परिपक्व छ।"

आईएफएफआईको तर्फबाट सन् २०१३ मा  विशेष शताब्दी पुरस्कार घोषणा गरिएको थियो। पहिलो वर्ष पुरस्कार अभिनेत्री वहीदा रहमानलाई दिइएको थियो । सन् २०१४  मा सुपरस्टार रजनीकांतको नाम यसका लागि चयन गरिएको थियो। अरुण जेटली र अमिताभ बच्चनले पुरस्कार रजनीकांतलाई दिका थिए ।

बीजेपीका वरिष्‍ठ नेता तथा पूर्व वित्‍त मन्त्री अरुण जेटलीको शनिवार निधन भएको छ। उनी  ९ अगस्‍टबाट दिल्‍ली स्थित एम्‍स अस्पतालमा भर्ना भएका थिए।
 मृगौला प्रत्यारोपण भएको केहि समयदेखि नै केहि समस्या व्यहोरेका जेटलीको निधन क्यान्सर समेतका कारण भएको थियो।  जेटलीको मृगौला प्रत्यारोपण भएको करिव १ बर्ष मात्र भएको थियो।

जेटली भाजपाका प्रभावशाली नेता तथा विपक्षीमाथी तार्किक प्रहार गर्न सक्ने नेता मानिन्थे। उनी सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री थिए। उनले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हालेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ