arrow

बाघ आक्रमणका घटना बढेपछि मध्यवर्ति क्षेत्रमा सजकता अपनाउन प्रशासनको आग्रह

logo
मुरली गोडिया,
प्रकाशित २०७६ भदौ ८ आइतबार

गुलरिया,बर्दिया। बर्दियामा केहिदिन यता बाघले गर्दै आएको आक्रमणका घटनामा बृद्धि भएपछि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रका बासिन्दालाई अवश्यक सजतकता अपनाउन जिल्ला प्रशासन कार्यलय बर्दियाले सवैलाई आग्रह गरेको छ। 

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रका बासिन्दाहरु नजिकैको खेतमा घाँस तथा दाउरा गर्न जाँदा बाघले आक्रमण गर्ने भएपछि सो क्षेत्रमा अझै खतरा रहेकाले मध्यवर्ति क्षेत्रभित्र घाँस दाउरा लगायत अन्य प्रायोजनका लागी प्रवेश नगर्न र अवश्यक सजकता अपनाउन जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको हो। 

गएको विहिबार देखी यता सो क्षेत्रमा पाटेबाघको अक्रमणमा परि २ जनाले ज्यान गुमाइ सकेका छन्। विहिबार दिउँसो गेरुवा गाउँपालिकामा बाघको आक्रमणबाट मृत्यु भएको घटना सेलाउन नपाउँदै आइतबार बिहान ठाकुरबाबा नगरपालिका स्थित भुरीगाउँमा बाघले आक्रमण गर्दा अर्को एक जनाको मृत्यु भएको छ। 

पाटेबाघको आक्रमणमा परी ७० वर्षीय पहरीया थारुको मृत्यु भएको हो। थारुले बंगुरलाई दाना खुवाउन जाने क्रममा बाघले आक्रमण गर्दा मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। बिहीबार पाटे बाघले आक्रमण गर्दा गेरुवा गाउँपालिका वार्ड नम्बर ४ दंगपुरकी ५६ वर्षीया रामकली शाही मृत्यु भएको थियो।

पछिल्लो समय बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका छन्। निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ। यसैबीच बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानिय प्रशासनद्धारा मध्यवर्ती क्षेत्रबाट बाघ हटाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ