arrow

सन्तान नभएपछि दिलीप कुमारले गरे दोस्रो विवाह, दोस्रीको श्रीमानसँग मिलेमतो थाहा पाएर फर्कीए घर

logo
प्रकाशित २०७६ भदौ ८ आइतबार
dilip-sanu.jpg

काठमाडौं । बलिउडको 'मोस्ट एभर्सिएबल बेचलर' दिलीप कुमार र सायरा बानोको प्रेम कहानी धेरै रोमान्टिक रहेको छ । बलिउडका यी जोडीका फ्यानहरूलाई थाहा छ कि सायरा शुरुदेखि नै दिलीप कुमारको फ्यान थिइन। २३ अगस्ट सायरा बानोको जन्मदिन हो। यस अवसरमा हामी तपाईंलाई उनीहरूसँग सम्बन्धित केहि रोचक जानकारी दिदैछौं ।

सायरा बानोको जन्म १९४४ मा मसुरीमा भएको थियो। उनको जीवन कुनै फिल्म कथा भन्दा कम छैन। सायराले आफ्नो बाल्यावस्था लन्डनमा बिताइन् तर १९६०  मा उनले आफ्नो पढाइ सिध्याइन् र मुम्बई फर्किन्। उनी शुरूदेखि नै आफ्नी आमा जस्तै बलिउड अभिनेत्री बन्न चाहन्थिन्। उनका बुबा मियां एहसान-उल-हक फिल्म निर्माता थिए ।  जसले मुम्बईमा 'फूल' र पाकिस्तानमा 'वादा' नामको फिल्म निर्माण गरेका थिए । सायराकी हजुरआमा छामियान बाई दिल्लीको तवायफ थिइन्, उनलाई शमशाद बेगमको नामले चिनिन्थ्यो ।

सायराले १९६१ मा रिलीज भएको फिल्म 'जंगल' बाट आफ्नो क्यारियर शुरू गरेकी थिइन् । बलिउड फिल्म यात्रामा एक अभिनेत्रीको रूपमा यो सायरा पहिलो कदम थियो। यस फिल्ममा उनले कश्मीरी केटीको भूमिका खेलेकी थिइन्। १९६८  मा आइएको फिल्म 'पडोसन' ले सायरालाई लोकप्रिय बनायो। ६०-७० को दशकमा, सायरा बानोको नाम बलिउडका प्रसिद्ध र सुन्दर अभिनेत्रीहरूमा स्थापित भयो।

सायरा बानो र दिलीप कुमार बलिउडका सदाबहार जोडी हुन्। सायरा बानोले दिलीप कुमारसँग २२ वर्षको उमेरमा विवाह गरेकि थिइन् । तब दिलीप ४४ वर्षका थिए। सायराले बाल्यकालमा निर्णय गरेकी थिइन कि उनले केवल दिलीप कुमारसँग बिहे गर्नेछिन् । सायरा जब १२ वर्षको हुँदा दिलीप कुमारलाई पागलको रूपमा मन पराउँथिन्।

सायरा बानो र दिलीप कुमारको विवाह भएको ५३ बर्ष भइसकेको छ तर एक समय उनिहरुको सम्बन्धमा दरार आएको थियो । सो समयमा सायरा कहिले पनि आमा बन्न नसक्ने बताइएको थियो । दिलीप कुमारले आफ्नो आत्मकथा 'द सबस्टन्स एण्ड द श्याडौ' मा भनेका थिए, 'सायरा बानू १९७२ मा पहिलो पटक गर्भवती भएकी थिइन, ८ महिनाको गर्भावस्था सायरामा रक्तचापको समस्या देखियो , जसमा शल्यक्रिया भ्रुण बचाउन सम्भव थिएन। र बच्चाको सास फेर्दै मृत्यु भयो। त्यो छोरा थियो भनेरपछि थाहा भयो। यस घटनापछि सायरा कहिल्यै गर्भवती हुन सकिनन्।'

मिडिया रिपोर्टका अनुसार कुनै सन्तान नभएपछि  सन् १९८०  मा दिलीप कुमारले हैदराबादमा रहेकी एक सम्बन्धविच्छेद भएकी महिला असम रहमानसँग विवाह गरे। असमका पहिलेदेखि नै सन्तानहरू थिए। दिलीपलाई लाग्यो कि असम र उनका पहिलो लोग्नेले उनीहरुलाई धोका दिँइरहेका छन् र मिडियामा उनको सबै गोप्य कुरा  खोल्दै छन् । यसपछि, दिलीपले आफ्नो गल्ती महसुस गरे र १९८३ मा असमानलाई सम्बन्धविच्छेद गरेर फेरि श्रीमती सायरासँग फर्किए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ