arrow

स्ववियु निर्वाचनको मिति तोक्न १३ विद्यार्थी सङ्गठनको माग

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
TU-fnl.jpg.jpeg
काठमाडौँ। संयुक्त विद्यार्थी सङ्गठनले त्रिवि अन्तर्गतका सम्पूर्ण क्याम्पसमा स्ववियु निर्वाचनको वातावरण तयार गरी मिति सार्वजनिक गर्न माग गरेको छ।
 
विभिन्न विद्यार्थी सङ्घसङ्गठनका प्रतिनिधिको सहभागितामा अनेरास्ववियुको कार्यालयमा आज बसेको बैठकले बढ्दो महँगी तथा कालाबजारीको विरुद्ध यही चैत २१ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको हो।
 
अनेरास्ववियु, नेविसङ्घ, अखिल (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्घसंस्थाका आबद्धतामा गठन भएको सो सङ्गठनले एसएलसीको परीक्षालाई मर्यादित बनाउन माग गर्दै शैक्षिक समस्या र शैक्षिक क्षेत्रमा बढ्दो मूल्य वृद्धिको विरुद्ध यही चैत २२ गते शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।
 
त्यसैगरी भूकम्पका कारण धेरैले अहिले पनि दुःख पाइरहेकाले पुनः निर्माण प्राधिकरणलाई अविलम्ब देशका विभिन्न स्थानमा निर्माण अघि बढाउन बैठकले आग्रह गरेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ