arrow

पुनर्वहालीको माग गर्दै सुदुरपश्चिम प्रदेश प्रेस युनियनका १० वटा शाखा कार्यबाट संचारमन्त्रीलाई ज्ञापनपत्र

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
Press-Union.jpg.jpeg.jpeg

डोटी । रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र दिपायलमा कार्यरत तीन संचारकर्मीलाई बिना कारण सेवाबाट हटाएको विरोधमा धर्ना कार्यक्रम जारी रहेको छ । 

नेपाल पत्रकार महासंघ डोटी शाखाको अगुवाइमा पुनर्वहालीको माग गर्दै रेडियो प्रदेश प्रशारण केन्द्र अगाडि धर्ना गरिएको छ । तीन जना कर्मचारीलाई जागिरबाट बर्खास्त गरेपछि पुनर्वहाली गर्नुपर्ने माग गर्दै बिहीबारबाट आन्दोलन शुरु भएको हो । 

आइतबार संचार सामग्री प्रदर्शन गरेर विरोध गरिएको छ। त्यस्तै शनिबार दुबै हात कालो पट्टीले बाँधेर बिरोध, बिहीबार मुखमा कालोपट्टि बाँधेर र शुक्रबार टाउकोमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गरिएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरले बताए ।

प्रदेश प्रशारण केन्द्रमा १० वर्षदेखि उद्घोषक पदमा कार्यरत सुनिता रावल, ३ वर्षदेखि डोटेली समाचार बाचक तथा कार्यक्रम सञ्चालक प्रकाश बम र ३ वर्षदेखि उद्घोषक पदमा कार्यरत चक्र कुँवरलाई विना कारण सेवाबाट बर्खास्त गरिएको हो । यसको विरोधमा महासंघले रेडियो प्रसार सेवा विकास समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ । 

तीनै जनालाई गत सोमबार रेडियो प्रसार सेवा विकास समितिले जागिरबाट बर्खास्त गरेको थियो । भदौ एक गतेदेखि लागु हुने गरी अन्य तीन जनालाई नियुक्ति दिइएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा पनि यसबारे कुरा उठेको छ । 

राष्ट्रिय सभाका सदस्य तारादेवी भट्ट, प्रतिनिधि सभाका सदस्य डिला संग्रौला पन्त र अतहर कमल मुसलमानले पुनर्वहालीको माग गरेका हुन् । 

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति, नेपाल पत्रकार महासंघ जिल्ला शाखा डोटी, नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमिति, नेपाल प्रेस युनियन जिल्ला समिति लगायतका संघ संगठनले पनि कर्मचारी हटाएकोमा विरोध जनाएका छन् । 

त्यसैगरी शनिबार नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरको अध्यक्षतामा बसेको बैठकले दोस्रो चरणको संघर्षका कार्यक्रम तय गरेको छ । 

सोमबार  संचारकर्मी निस्काशन गरेको विषयमा धर्नास्थलबाट बहस तथा विभिन्न संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने कार्यक्रम रहेको अध्यक्ष बलायर बताए ।

यसै क्रममा विभिन्न सुभेछुक संगठनले ऐक्यवद्धता तथा पुनर्वहालीको माग गर्दै विज्ञप्ति निकाल्ने क्रम जारी रहेको छ । यसैगरी नेपाल प्रेस युनियन सुदूरपश्चिमका सम्पूर्ण शाखाले आइतबार जिल्ला प्रशासन मार्फत नेपाल सरकार र संचार तथा सूचना प्रविधि मन्त्रीलार्ई  पुनर्वहालीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

सुदूरपश्चिम प्रदेशका १० वटा शाखाबाट आइतबार जिल्ला प्रसासन कार्यलयबाट सूचना तथा प्रविधि मन्त्री गोगुल बाँस्कोटालाई संयुक्त रुपमा एकै दिन ज्ञापन पत्र बुझाएको जनाएको छ। 

यस्तै सोमबार मुख्यमन्त्री कार्यालय अगाडि धर्नासहित सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टमार्फत प्रधानमन्त्री र सूचना तथा संचार प्रबिधि मन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ