arrow

पतिले झगडा नगरी मायामात्रै गरेको भन्दै सम्बन्ध विच्छेदको निवेदन

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
divorce.jpg

काठमाडौं । सामान्यतया पति–पत्नीबीचको झगडा भइरहन्छ । सानोतिनो झगडाले जीवन अगाडि बढ्छ भने ठूलै झगडाले सम्बन्ध विच्छेद निम्त्याउँछ । 

तर युएईको एउटा घटना भने अचम्म खालको छ । झगडा नभइकनै एक महिलाले सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् । 

पहराहको शरिया अदालत पुगेकी महिलाले आफ्नो पति भलाद्मी तथा शरीफ भएको भन्दै सम्बन्ध विच्छेद गर्न चाहेको बताएकी छिन् । 

उनले भनेकी छिन् – जहिलेदेखि विवाह भयो तबदेखि उचो स्वरमा कहिल्यै बोलेनन् । उल्टै काममा हात दिन्छन् । घर सफा गर्नमा सधै मद्धत गर्छन् ।’ 

उनले अदालतमा पतिले खाना बनाएर खुवाएको पनि बताएकी छिन् । यही बढी मायाप्रेमले आफूलाई अट्टहास महसुस भएको उनको भनाइ छ । उनले भनेकी छिन् – सबै राम्रो छ त्यसैले जिन्दगी नर्कतुल्य भयो । 

पतिको निकै राम्रो नियत भएकै कारणले अहिलेसम्म झगडा र विवाद नभएको उनले बताएकी छिन् । 

अहिलेसम्म उच्च स्वरले कुरासमेत नगरेको भन्दै ती महिलाले सम्बन्ध विच्छेद चाहमेको बताइन् । 

विवाद गर्नलाई आफूले पटक पटक प्रयास गरे पनि विवाद नभएको उनको दुःखेसो छ ।  

उनीसंग झगडा गर्न पनि नसकिने भएपछि उनले अदालतको शरण परेकी हुन् । अदालतले यो मुद्दालाई थाँतिमा राखेको छ । 

पतिले भने उक्त मुद्दा फिर्ता लिन आग्रह गरेका छन् । उनले विवाहको एक वर्षमा तुलना गर्न ठीक नहुने भन्दै व्यक्तिले आफ्नो गल्तीबाट सिक्ने बताएका छन् । 

अदालतले ती महिलाका पतिले आफूले अहिलेसम्म कुनै गलत नगरेको र सबैभन्दा उत्तम पति बन्न चाहेको बताएका छन् । पत्नीले कुनै गुनासो नगरुन् भनेरै आफूले उत्कृष्ट बन्ने प्रयास गरेको उनको भनाइ छ । 

एक पटक पत्नीले उनको वजनको विषयलाई लिएर गुनासो गरेकी थिइन् । पत्नीलाई खुशी राख्न उनले डाइटिङ पनि गरेका थिए । यही चक्करमा शारीरिक ब्यायाम गर्न खोज्दा खुट्टा पनि भाँचिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ