arrow

पुर्णस्मारकमा शिक्षक अभिभावक संघको कार्यसमिति गठन

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
purna-smark.jpg

इलाम । श्री पुर्णस्मारक मावि शिक्षक अभिभावक संघको तीन वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरिएको छ । अभिभावकवाट अध्यक्षमा चेतमान कामी सर्वसम्मत भएका छन् ।  सदस्यहरुमा शान्ता कुमारी राई, सन्त बहादुर बानियाँ, गोपाल अधिकारी, तेज बहादु थापा रहेका छन् ।

त्यस्तै विद्यालयवाट विद्यालयका प्राचार्य प्रमे प्रसाद घिमिरे, अशोक तिम्सिनासहित सात जनाको नयाँ कार्यसमिति गठन गरिएको छ ।

पुर्णस्मारक मावि इलाम वडा नम्बर १० मा रहेको छ । तेज बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा नंम्बर १० का वडाध्यक्ष रोम बहादु लुगेली मगरको प्रमुख आतिथ्यतामा भएको हो ।

उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष गंगा बहादुर प्रधान विद्यालयका प्राचार्य प्रेम प्रसाद घिमिरे लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयको शैक्षक स्तरलाई अझ सशक्त बनाउन गठित कार्यक्रममा ८० जना भन्दा बडी अभिभावक हरुका सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राम प्रसाद चैलागाईले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन शिक्षक विष्णु राई र धनेश्यम ढुङ्गना गरेका थिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ