arrow

अमिताभको चल अचल सम्पति कति, कसले कति पाउछन् शेखपछि ?

logo
प्रकाशित २०७६ भदौ ९ सोमबार
amitab1.jpg

काठमाडौं ।  बलिउड महानायकअमिताभ बच्चनले हालै 'कोन बनेगा करोडपति' को सेटमा आफ्नो सम्पत्तीको बारेमा ठूलो खुलासा गरेका छन्। सोनी च्यानलबाट प्रसारित हुने रियलिटी शो 'कोन बनेगा करोड़पति ११' शुक्रबार समाजसेवीका सिन्धुताई सपकाल हटसिटमा आएकी थिइन।

सिन्धुताई एउटा अनाथाश्रम चलाउँछिन् जसमा अहिलेसम्म १२०० बालबालिकालाई आश्रय दिइएको छ । अमिताभले सिन्धुताईलाई सोध्छन्,'तपाईको आश्रममा केटीहरू ज्यादा छन् कि केटाहरू ?' यसको उत्तर दिँदै सिन्धुताई भनिन्, 'केटीहरू बढी हुन्छन्, म पहिले छोरी लिन्छु, उनिहरुको सुरक्षा बढी महत्त्वपूर्ण छ।'

अमिताभले सिन्धुताईलाई एक सानी केटीको बारेमा सोधे जसलाई परिवारले छोडेर गएका थिए। यसको जवाफमा सिन्धताई छोरी ममता भन्छिन्,' राती फोन आएको थियो । सिन्धुताई छोरी भएको छ, के तिमी यसलाई राख्न सक्नुहुन्छ, अन्यथा हामी अरू केही विकल्प सोच्नेछौं, तब ताईले उनलाई राख्नुभयो।'

 ममताले सुनाइन् जब उनिहरुलाई सो बालिकालाई पाए तब उनको अवस्था यति नराम्रो थियो कि उनलाई १० दिन आईसीयूमा राख्नुपर्‍यो। यो सुनेर महानायक अमिताभ भावुक भएर भने , 'मैले पहिले पनि भनेको छु  र आज पनि भन्दैछु, जब हाम्रो मृत्यु हुनेछ तब जे जति मेरो सम्पत्ति छ, जे पनि धेर थोर छ  त्यो मेरो सन्तान, एउटा छोरा र एउटी छोरीलाई आधा आधा  बाडिनेछ । दुबै बराबार मिल्नेछ । चाहे जे होस ।'

यसअघि उनले आफ्नो सम्पत्ति छोरा अभिषेक र श्वतालाई बराबर बाढिदिने घोषणा गरेका थिए । उनले ट्विटरमा लेखेका थिए,'जब म मर्नेछु र जे जे छोडेर जानेछु ती सबै मेरो छोरा र छोरी दुवैलाई बाडिनेछ ।'

अमिताभ बच्चनसँग लगभग १००० करोड भारतीय रुपैयाँको सम्पत्ति  छ। यसअघि सो कुराको खुलासा जया बच्चनको चुनावी नामांकनको बेला भएको थियो ।

जया बच्चनले समाजवादी पार्टीको तर्फबाट राज्यसभाका लागि पेश गरेको नामांकनमा पत्रमा, अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।

स्टार कपलको देश र विदेशमा थुप्रै बंगला र घरहरू छन्।  उनिहरू सवारी साधनहरु पनि धेरै मन पराउछन्। बच्चनसँग करिब १३ करोड रुपैयाँको मूल्याका १२ गाडी छन् । यसमा एक रोल्स रोयस, तीन मर्सिडिज, ए पोर्श तथा एक रेन्ज रोवर जस्तो विलाशी गाडी छन् । अमिताभसँग एक टाटा नानो कार तथा एक ट्याक्टर पनि छन् ।  यस बाहेक, दुबैसँग मुल्यवान घडि पेन लगायत साना साना चीजहरू छन् जसको मूल्य करोडौं रूपैयाँ परेको छ ।

दुबैसँग फ्रान्सको ब्रिगनोगल प्लेजमा ३ हजार १ सय ७५ वर्ग मिटर क्षेत्रफलमा रहेको घरसहितको सम्पत्ति छ । भारतमा उनीहरुसँग नोएडा, भोपाल, पुणे, अहमदाबाद, गान्धी नगरमा जग्गा जमिन छ ।

अमिताभसँग बाराबंकीको दौतपुर क्षेत्रमा ५.७ करोड मूल्यको ३ बटा जग्गा छ । जयाको नाममा लखनउको काकोरी क्षेत्रमा २.२ करोड रुपैयाको १.२२ हेक्टर कृषि भूमी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

बलिउड हस्ती जोडीको सम्पत्ति ६ बर्षमा दोब्बर भएको छ। सन् २०१२ मा अमिताभ र जयाको जम्मा ५०० करोड सम्पत्ति थियो । र सन् २०१८ मा १००० करोडको विवरण पेश गरेका छन् । ६ बर्ष भित्रै दुवैको पैसा दोब्बर भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ