arrow

सांसद गगन थापा क्षेत्रको विकासे कामबारे बुझ्दै टोल टोलमा

logo
प्रकाशित २०७२ चैत १८ बिहिबार
gagan1.jpg.jpeg
काठमाडौं। कांग्रेस नेता गगन थापाले काठमाडौं महानगरपालिका-७ कुमारीगालमा भइरहेको सडक विस्तार र निर्माण कार्यबारे स्थानीय तथा सरोकारवालासंग भेटघाट गरेका छन्। भेटका क्रममा नेता थापाले सरकारी योजनामा नपरेको बाटो विस्तार गर्दा स्थानीयको मर्का र क्षति न्यून गर्न भनेका छन्। स्थानीयले समेत काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सोही आग्रह गरेका छन्। स्थानिय र सरोकारवालाबीचको आपसी समझदारी जुटाइदिन थापा कुमारीगाल पुगेका हुन्। 
 
सो क्रममा थापाले स्थानीय राजनीतिक दलका प्रतिनिधी, आयोजनाका इन्जिनियर, वडा प्रतिनीधिहरु र निर्माण कम्पनीका ठेकेदारसंग छलफल गरे। बाटो विस्तार स्थानीयको मन्जुरीमा भएकै कारण सरकारी मापदण्ड अनुसार क्षति गर्ने कार्य नगर्नेमा स्थानीय र सरोकारवालाहरु सहमतिमा पुग्ने वातावरण थापाले जुटाइदिएका हुन्। थापाले यसअघि पीच गर्ने कार्यको योजना अघि सारेका थिए। बाटो अपुग हुने र कसैको घर वा पर्खाल भत्काउनु पर्ने भए आपसी समन्वयमा गर्ने स्थानीयको भनाई रहेको स्थानिय काँग्रेस नेता प्रवेश लामिछानेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ