arrow

रवि लामिछानेद्धारा पत्रकार सम्मेलन, दिउँसो नारायणी किनारामा धन्यवाद ज्ञापन

‘सीधा कुरा जनतासंग’ शनिबारदेखि प्रसारण हुने

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
rabi1.jpg

चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परी धरौटीमा रिहा भएका संचारकर्मी रवि लामिछानेले मंगलबार बिहान पत्रकार सम्मेलन गरेका छन् । 

चितवनस्थित ग्लोबल होटलमा औपचारिक रुपमा कार्यक्रम गरी लामिछानेले हिरासतमा रहँदा आफूलाई थप उर्जा मिलेको र जनतासंग सिधा कार्यक्रम थप सशक्त बनाएर लैजाने बताएका छन् । 

उनले पत्रकार सम्मेलनमा भने, ‘म त्यो दिन स्टुडियो जान पाएको भए मैले प्रमाणित गर्थें । अब सम्मानित अदालतले मलाई यो मुद्दाबारे केही नबोल्न भनेको छ । यो मुद्दाको अन्तिम किनारा नलागेसम्म नबोल्नु भनेकाले मैले बोल्नुहुँदैन ।’ 

सबै मिडियामा आफ्नो समाचार नआएको बारे बोल्दै रविले भने, ‘मैले यसबारे के भनौं सायद उहाँहरुलाई लागे होला यो समाचारको अर्थ छैन । तर जसजसले यसको महत्व छ भनेर लाग्नुभयो उहाँहरुप्रति आभारी छु ।’

उनले यो घटनालाई लिएर जति पनि पक्राउ परका छन् उनीहरुको तत्काल रिहाइका लागि माग गर्ने पनि बताएका छन् ।

उनले भने, ‘हिरासतमा बस्दा पनि त्यतिबेला आएका मुद्धाहरु सुनें आफूलाई त्यहाँ पनि दुःख लाग्यो । तर उहाँहरुले बाहिर भएका घटनाबारे सुनाउँदा आफ्नो छाती गौरबले फुलेको थियो ।’

उनले आफ्नो रिहाईका लागि गरिएका प्रयासका लागि सबैलाई धन्यवाद दिएका छन् । उनले सकेसम्म सबैलाई भेटेर नै धन्यबाद दिने योजना बनाए पनि सफल हुन नसकेको बताएका छन् । 

रवि लामिछानेले मंगलबार दिउँसो २ बजे नारायणी किनारामा कार्यक्रम गर्दै सबै समर्थकलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको छ । 

उनले न्यूज २४ बाट प्रसारित हुने कार्यक्रम ‘सीधा कुरा जनतासंग’ आगामी शनिबार (भदौ १४ गते) बाट निरन्तरता दिने बताएका छन् । 

हाम्राकुरासंग कुरा गर्दै उक्त कार्यक्रमका निर्माता दिपक बोहराले भने, ‘शनिबारमात्र स्टुडियोमा छिर्छु भन्नुभएको छ त्यही दिनदेखि कार्यक्रम अगाडि बढ्छ ।’

बोहराले रविसहितको टिम मंगलबारै काठमाडौं आइपुग्ने बताएका छन् । 

संचारकर्मीद्धय लामिछाने र युवराज कँडेल जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् भने नर्स अस्मिता कार्की साधारण तारेखमा रिहा भएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ