arrow

ज्योतिषी भविष्यबाणी- रवि लामिछानेको ठूलो मान्छे बन्ने ग्रह छ

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
rabi-lamichhane.jpg

काठमाडौं । पत्रकार रवि लामिछानेको बारेमा ज्योतिषी दिपक सुवेदीले बताएको एक विशेष भिडियो सार्वजनीक भएको छ ।

सगरमाथा टेलिभिजनको हलमा भइरहेको एक कार्यक्रममा आएको प्रश्नको उत्तर दिने क्रममा ज्यो सुवेदीले रविलाई यो घटनाले विशेष उपलब्धि दिने तर्फ संकेत गरेका छन्।

 विशेष ग्रह लिएर आएका व्यक्तिहरुलाई समय समयमा विभिन्न कष्ट, संघर्ष हुने तर त्यसले अन्ततः उसलाई ठूलै उपलब्धि दिने हुन्छ । दुःख पर्यो भन्दैमा डराउन हुँदैन सुवेदीले भनेका छन् । भगवान राम, कृष्ण, बुद्धको उदाहरण दिँदै उनले भनेका छन्,भगवानहरुलाई पनि धेरै कष्ट भएको थियो ।'
 
ज्योतिषी, माताहरुले जे पायो त्यही बोल्दिने गरेकोले आफूहरुलाई राहत भन्दापनि तनाब बढ्ने गरेको हुनाले त्यसरी नबोलिदिन रविको परिवारको सदस्यले ज्यो सुवेदीसँग भनेकाले आफूले रविको ग्रहको बारेमा विश्लेषण गरेको भए पनि ऐले हल्का पाराले नबोल्ने तर आफूले रविको बारेमा गरेको विश्लेषण नराम्रो नभएर राम्रो भएको ज्यो सुवेदीले सो भिडियोमा बताएका छन् ।

ज्यो सुवेदीले राजनीतिक क्षेत्रलागायतको पक्षमा गरेको भविष्यवाणी पुग्ने गरेका ज्योतिषी हुन् । विभिन्न टेलिभिजनहरुमा भविष्य निर्माण नामको ज्योतिषीय कार्यक्रम चलाउने सुवेदीले कुनै समयमा रवि लामिछानेले सिधाकुरा जनतासँग कार्यक्रम चलाउने न्यूज २४ टेलिभिजनमा पनि भविष्य निर्माण कार्यक्रम चलाएका थिए ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका लामिछाने सोमबार धरौटीमा छुटेका छन् । उनको रिहाइपछि चितवन उल्लासमय बनेको छ । उनि छुटेसँगै समर्थकहरुले खुशीयाली मनाए । चितवन पोखरा लगायत देशका बिभिन्न स्थानमा समर्थकले अविर दलादल गरेर खुशी साटे । लामिछाने प्रकरणले अहिले देशको माहोल तातेको छ । आइतबार  सोमबार भएको प्रदर्शनमा रवि लामिछोन समर्थक र प्रहरीबीच झडप समेत भएको थियो । उनी आजै काठमाडौँ फर्कंदै छन् ।

साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठमा पुडासैनी मृत अवस्था फेला परेका थिए। होटलको कोठा रहेको पङखामा डोरी लगाइ मृत भएको अवस्था प्रहरीले फेला पारको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ