arrow

काश्मिरकी अन्तिम हिन्दु महिला शासक बारे चलचित्र बन्ने

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
kota-rani.jpg

एजेन्सी। पछिल्लो समयमा काश्मिरका बारे दैनिक समाचारहरु आईरहेका छन्। काश्मिर बारे धेरै नयाँ तथ्यहरु खोज्ने क्रम पनि बढेको छ।

यसैक्रममा काश्मिरकी अन्तिम हिन्दु रानी ‘कोटा रानी’ बारे चलचित्र बन्ने भएको छ। फिल्म प्रोड्युसर मधु मंटेना र रिलायन्स ईन्रटेनमेन्टले मिलेर चलचित्र निर्माण गर्ने भएका छन्।

काश्मिरमा १४औं शताब्दीमा शासन गरेकी कोटा रानी असल शासक हुनुको साथै कुशल युद्ध रणनीतिकार पनि रही मानिन्छ । धेरैलाई उनको बारेमा जानकारी छैन। यहि कुरालाई बाहिर लेराउनका लागि चलचित्र निर्माण गर्न लागेको मंटेने जानकारी दिएका छन्।

कोटा रानी अत्यन्त सुन्दर रहेको र उनको तुलना ईजिप्टकी क्लियोपात्रा वा दिल्लीकी रजिया सुल्तानसँग गरिन्छ । सुन्दर हुनुका साथसाथै कुशल शासक र युद्ध रणनीतिकार पनि हुनु र यहि वरपर चलचित्रको कथा घुम्ने छ।

‘कोटा रानो जिवन उतार-चढावले भरिएको छ।उनी संभवत: भारत बर्षकी सबैभन्दा कुशल शासक रहेकी थिईन। उनको बारे थाहा नपाउनु लाजर्दो कुरा हो’ निर्माता मंटेनाले भने।

ठूलो लगानीमा बन्ने उक्त चलचित्रको निर्देशक र कलाकार भने छनौट हुन बाँकी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ