arrow

भिखारीको घेराबन्दी परे अक्षय, सैफ र अरबाजका छोरा

logo
प्रकाशित २०७६ भदौ १० मंगलबार
star-son2.jpg

काठमाडौं । पछिल्लो समय बलिउड स्टारका सन्तानहरूको चर्चा दिनैपछि हुन थालेको छ । फिल्म उद्योगमा स्टार किड्सको प्रवेश निरन्तर भइरहेको छ।

यीनै स्टार सन्तानहरूमध्ये केही हालै एक पार्टी निस्किदै गरेको देखिएका थिए  । अक्षय कुमारको छोरा आरव भाटिया, सैफ अली खानका जेठा छोरा इब्राहिम अली खान र अरबाज खान छोरा अरहान मुम्बईमासँगै भेला भएका थिए ।

आरव भाटिया, इब्राहिम अली खान र अरहान  तीनै मिल्ने  साथीहरू हुन्। प्राय: उनीहरू सँगै भेटिन्छन्। सोमबार राति, जब तीनै जना मुम्बईको होटेलबाट बाहिर निस्के तब उनिहरुलाई भिखारीहरूले घेरे।

भिखारीहरूले आरव, इब्राहिम र अरहानसँग पैसा मागि रहेका थिए । तीनै जनाले तिनीहरूबाट कसरी छुटकारा पाउने सोच्न सकिरहेका थिए । एक रिपोर्टका अनुसार यस क्रममा इब्राहिमलाई धकेला धकेल पारिएको थियो  तर उनले यसलाई हाँस्दै टारे।

जब आरव कारमा बसे, भिखारीहरूले उनलाई फेरि घेरे। सो समय आरव दुखी देखिन्थे। धेरै कठिनाई पछि आरवको कारमा इब्राहिम बस्न सके । सो तस्वीरलाई विरल भयानीले आफ्नो इन्स्टाग्राममा शेयर गरेका छन्।

यस क्रममा  पूजा बेदीकी छोरी आलिया फर्नीचरवाला पनि रेष्टुरेन्टको बाहिरै देखिन्। उनी सेतो क्रप टप र लूज डेनिम प्यान्टको साथ क्याजुअल लुकमा देखा परिन् । यी सबै तस्वीरहरू सोशल मीडियामा भाइरल भइरहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ