arrow

शराब, शबाब र कबाबका शौखिन, कपडा तस्करीका ‘राजा’, यिनै हुन् निरज चाचान !

logo
दीपेन्द्र चौहान।
प्रकाशित २०७२ चैत १८ बिहिबार
niraj-chachan-fnl.jpg.jpeg
वीरगंज । नेपालको कपडा तस्करहरु मध्ये सबै भन्दा बढी र छिटो छरितो पैसा कमाएर ‘कपडा किङ्ग’को रुपमा निरज चाचान ले आफनो पहिचान स्थापित गर्न सफल भएका छन्। वीरगंजको मेनरोडमा शिवम इम्पोरियम नामक कपडा पसल संचालन गरेका निरज चाचानको सामान सोझै भारतको सुरतबाट आएर रक्सौलको गोदाममा राखिन्छ। रक्सौल गोदामबाट वीरगंज ल्याउन यिनले तीन सय पोके तस्करहरुलाई खटाएका छन् । यी पोके तस्करहरु विहान झिसमिसे उज्यालो नहुँदै बेलुकी रात परुन्जेलसम्म रक्सौलबाट माल ओसारेर निरजको गोदाम भरी दिन्छन्।
 
करोडौं रुपैंयाको भारतीय कपडा बिना भन्सार महसुल केही प्रतिशत क्यारिङ्ग चार्ज मात्र तिरेर निरज चाचानले वीरगंज भित्र्याउने गरेको खुलेको छ। वीरगंजका अन्य कपडा पसलेहरु समेत निरजसंगै सामान लिने गरेकोले यिनको धन्दा ‘दिन दुगुना रात चौगुनाको हिसावले बढेको छ । भारतले लगाएको नाकाबन्दी र मधेश आन्दोलनमा वीरगंज ठप्प भएतापनि यिनले राम्रो कमाई गरेको स्थानीय व्यापारीहरु बताउँछन् । बन्दको समयमा नै नेपालीहरुको महान चाड दशैं तिहार र छठ परेकोले पर्व तिहारको मौका छोपी उनले दश करोड भन्दा बढी आम्दानी गरेको चाचान निकटका एक व्यापारीको भनाई छ। 
 
कपडाको कारोबारमा राम्रो कमाई भएपछि आर्दशनगर मेनरोड मै चाचानले भव्य फर्निचर हाउस खोलेका छन्। वीरगंजमा चाचानले खोलेको फर्निचर हाउस नमुनाको रुपमा रहेको छ। यस्तो भव्य पसल अरुको छैन। शराब, शबाब र कबाबका शौखिन निरज चाचान पछिल्लो समयमा वीरगंजका बाहुबली भन्नेहरुको टिम बनाएर रियल स्टेटको कारोबारमा हात हाल्ने योजनामा छन्। सत्ता नजिक रहेका व्यक्तिहरुसंग पनि निरजको बाक्लो उठबस छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ