arrow

वडाध्यक्ष भाले बोकेर सुत्केरी भेट्न

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
Balefi_Gaunpalika.png

मेलम्ची । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले मातृ शिशु स्वास्थ्य र पोषणलाई नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेपछि कार्यक्रम कार्यान्वयनको शुरुआत गरेको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्घोष गरिएअनुसार गाउँपालिकामा सुत्केरी महिलालाई लक्षित गर्दै पोषणयुक्त आहार वितरण शुरु गरिएको हो ।     
     
सुत्केरी महिलाका घरमै पुगेर जनप्रतिनिधिले पोषणयुक्त आहार प्रदान गरेका हुन् । मङ्गलबार बलेफी गाउँपालिका–८ स्थित भीरकुनामा सुत्केरी महिलाका लागि पोषण सामग्री प्रदान गरिएको छ । 

वडा नं ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सात दिनकी सुत्केरी महिला सन्चमाया तामाङ र ङेमा तामाङको घरमै पुगेर पोषणयुक्त सामग्री प्रदान गरेका हुन् । 

उनीहरुलाई लागि एक–एक भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइका सामग्री प्रदान गरिएको थियो ।     
     
स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्दै स्वास्थ्यचौकीमै सुत्केरी हुने महिलाका लागि पोषण सामग्री प्रदान गरिएको वडासदस्य मन्दिरा कायस्थले जानकारी दिए ।

गाउँपालिकाको नीति, कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको वडाध्यक्ष तामाङले बताए । 

सोमबार वडा नं ७ मा पनि सुत्केरी महिलालाई पोषण सामग्री प्रदान गरिएको थियो । वडाध्यक्ष कार्केल लामाले सुत्केरी महिलाका घरमै पुगेर भाले, गेडागुडी, आयोडिनयुक्त नुन र सरसफाइ सामग्री प्रदान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ