arrow

नेपालकै पहिलो बालविवाहमुक्त नगर बुद्धभूमि 

logo
मणिप्रसाद गैेह्रे,
प्रकाशित २०७६ भदौ ११ बुधबार

कपिलवस्तु । नेपालकै पहिलो बालविवाहमुक्त नगरपालिका कपिलवस्तुको बुद्धभूमि नगरपालिका भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका एकैपटक पूर्ण बालविवाहमुक्त र पूर्ण खोपयुक्त नगरपालिका घोषित भएको हो ।

मंगलवार स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नगरपालिकालाई गोरुसिंगेमा  पूर्ण बालविवाहमुक्त र पूर्ण खोप युक्त घोषणा गरे ।  

नगरपालिकाले तयार पारेको प्रतिवेदनको शाराशंमा उल्लेख गरेको कुरा उच्चारण तथा हस्ताक्षर गरेर यादवले नगरपालिकालाई एकै पटक वालविवाहमुक्त र पुर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरे । 

मानव विकासको लागि खोप र महिलाहरुको स्वास्थ्य अवस्था सुधार गर्नको लागि बालविवाह रोक्नु र बालबालिकाहरुलाई पुर्ण रुपमा खोप लगाउनु महत्वपूर्ण र उल्लेखनीय कार्य भएको यादवले बताए ।

संघिय व्यवस्था लागु भएपछि स्थानीय तहले भौतिक विकासका साथै सामाजिक र मानविय विकासको लागि ढोकाखुलेको हुँदा बुद्धभूमि नगरपालिकाले गहन र महत्वपूर्ण कार्य सम्पादन गरेर सरकारले निर्धारण गरेका सूचक पूरा गरी घोषणा गरेको हेर्न पाउँदा अत्यन्त खुशी लागेको उनले बताए । 

नेपालमा छिटो विवाहका कारण महिला र बालबालिकालाई समस्या पर्ने तथा खोप नलगाउँदा अकाल ज्यान जाने घटना धेरै भएको हुंँदा यो तहले यस्तो समस्याबाट मुक्ति मिलेको बताए । नेपालका अन्य स्थानीय तहले समेत यसको सिको गरी यस्ता कामहरु गर्नसमेत उनले आग्रह गरे ।  

साथै सरकारले गतबर्ष भन्दा यस आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा केही बजेट बुद्धि गरेर कामहरु अगाडि थालेको समेत मन्त्री यादवले बताए । 


प्रतिवेदन पेश गर्दैैबुद्धभूमि नगरपालिकानगर प्रमुख केशवकुमार श्रेष्ठले सन् २०१३ मा बालविवाहको अवस्था हेर्दा ४४.५८ रहेकोमा साविक गाविसहरुले र नगरपालिका भएपछि विभिन्न अभियान चलाएपछि २०१९ मा आउँदा वालविवाहको अवस्था २.९२ प्रतिशत भएको कारण घोषणा गरिएको बताए । त्यस्तै ९९ प्रतिशत बालवालिकाहरुमा खोप लगाएको अवस्था सर्वेक्षणवाट आएकोले नगरलाई पुर्ण खोप नगरसमेत घोषणा गरेको बताए । 

विभिन्न समयमा १० वटै वडालाई घोषणा सम्पन्न गरेकोले यसै सभामार्फत नगरलाई नै घोषणा गरेको उनले प्रतिवेदनमा उल्लेख गरे । यसअघि नगरपालिका गत साल नै पूर्ण साक्षर नगरसमेत घोषणा भैसकेको छ । 

नगरपालिकाले छिट्टै नै शून्यहोम डेलिभरी नगरपालिका पनि घोषणा गर्ने तयारी थालेको छ । हालसम्म दुई वडा शुन्यहोम डेलिभरी वडा घोषणा भैसकेको भन्दै अबका केही महिना पछि ४ वडा एकै पटक शुन्यहोम डेलिभरी हुन लागेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । 

नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गतिविधि सञ्चालन गरिरहेको उनले  बताए। गतबर्ष देखि नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको भन्दै यो बर्ष पनि स्वास्थ्यकालागिवजेट छुट्टाएको बताए । 

सो अवसरमा प्रदेश सभा सदस्य सहसराम यादव, सन्तोष पाण्डेय, जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनाल, वाणगंगा नगरपालिका प्रमुख मगल प्रसाद थारु, प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगीकुर्मी, शिक्षक महासंघका देवराज पाण्डेय, पत्रकार महासंघका हरी अधिकारी लगायतले शुभकामना दिएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ