- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तम्घास । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले जिल्ला प्रहरी कार्यालय गुल्मीमा अत्याधुनिक सीसीटिभी क्यामेराको उद्घाटन गरेका छन् ।
५ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयबाट विनियोजित बजेटबाट जडान गरिएका सीसीटिभीको पोखरेलले मंगलबार उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले यसबाट प्रहरीलाई दोषी पत्ता लगाउन आवश्यक पर्ने प्रमाणहरु पनि उपलब्ध भई अपराध नियन्त्रणमा कमी आउने विश्वास व्यक्त गरे ।
त्यसका साथै उनले सीसीटिभी क्यामेराको सहि सदुपयोगका लागि पनि जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिए ।
मन्त्रालयको १५ लाख रुपैयाँ बजेटमा तम्घास बजारका विभिन्न ८ स्थानमा सीसीटिभी जडान गरिएको सुचना प्रविधि व्यवसायी कृष्ण खनालले जानकारी दिए ।
बसपार्कमा दुईथान, भगवती मन्दिर चोकमा दुईथान, पुतलीबजार चोकमा एकथान, नयाँबजारमा एकथान र शहिदचोकमा दुईथान सीसीटिभी क्यामेरा जडान गरिएको हो ।
यस क्यामेराले बजारको गतिविधि प्रहरी कार्यालयको कन्ट्रोल कक्ष जुम र फोकसमार्फत अवलोकन गर्न सकिने प्रहरी प्रमुख दीपक कुमार बस्नेतले जानकारी दिए ।
अपराध नियन्त्रण, दोषी पत्ता लगाउने, दुर्घटना न्यूनिकरण लगायतका पक्षमा जडान गरिएको क्यामेराले सहयोग पुग्ने बस्नेतले बताए ।
यस किसिमको क्यामराबाट तीन महिनाअगाडिसम्मको भिडियो हेर्न सकिने छ ।