arrow

लेनदेनमा कुरा नमिलेपछि सलमानले छोडे भन्सालीको 'इन्शाल्लाह'

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
salman-bhansali.jpg

काठमाडौ । बलिउड अभिनेता सलमान खान निर्देशक संजय लीला भन्सालीको फिल्म 'इन्शाअल्लाह' बाट बाहिरिएका छन्। सलमान चलचित्रमा देखिने भएसँगै चर्चा चुलिएको थियो । चलचित्रका बरेमा धेरै अनुमानहरू भएका छन्। फीस र नाफा बाँडफाँड मोडेल बारेमा सलमान र भन्सालीबीच विवाद नमिलेपछि उनले छोडेको बताइएको छ ।

सलमानले फिल्मका लागि पैसा नभइ नाफामा भाग लिने गरेका छन् । 'इन्शाल्लाह'को कुरा गर्दा सलमान र भन्साली दुबैलेसँगै मिलेर यसको निर्माण गरिरहेका थिए। फिल्मका लागि भन्सालीले सलमानसँग १०० दिन मागेका थिए । यस कारणले सलमानले नाफा बाँडफाँडमा ठूलो हिस्सा मागे । तर भन्साली यसमा खुसी भएनन् किनभने बलिउडमा उनको नामले पनि फिल्म चल्ने गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार , "क्यालकुलसको दृष्टिकोणबाट सलमानले बजार मूल्यका अनुसार प्रतिदिन १ करोड भन्दा ज्यादा रूपैयाँ लिन्छन्। यस्तो अवस्थामा उनी १०० दिनको लागि १०० करोड लिन्छन्। तर फिल्मको बजेट नै १५० करोडको छ । यस अवस्थामा सलमानलाई १०० करोड रुपैया दिनु भंसालीको लागि ठूलो रकम थियो । यही कारणले उनीहरूले सँगै फिल्म नगर्ने निर्णय गरे। "

रणवीर सिंहले अब यस फिल्मको लागि सलमानको स्थान लिने विश्वास गरिएको छ । दर्शकले रणवीर सिंह  र आलिया भट्टसँगको जोडी चलचित्र 'गल्ली ब्वाई' मा निकै रुचाएका थिए  यसकारण अब रणविर भन्सालीको फिल्ममा रहने प्रबल सम्भावना छ। यद्यपि यसबारे कुनै आधिकारिक पुष्टि भने भइ सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ