arrow

हजार करोडका मालिक अमिताभ कुनै वेला पाउथे महिनाको २ रुपैयाँ, नैनीतालमा लुकेर खान्थे पकौडा

logo
प्रकाशित २०७६ भदौ ११ बुधबार
amitabath-bachhan.jpg

काठमाडौं । बलिउड महानायक अमिताभ बच्चनको शो 'कोन बनेगा करोडपति' सीजन ११ पुन: एकपटक दर्शकहरूको मनपर्ने शो बनेको छ । यस पटकको एपिसोडमा मध्य प्रदेशको जबलपुरका नितिन कुमार पटवा हट सिटमा बसेका थिए । उनले अमिताभ बच्चनका प्रश्नहरूको जवाफ बडो कौशलताका साथ दिए।

नितिन अहिले यूपीएससीको लागि तयारी गर्दैछन्। नितिनले ईन्जिनियरिको अध्ययन गरेका छन। साथै उनको आफ्नै पसल छ जसमा उनले कस्मेटिक सामान राखेका छन् । शोमा नितिन बताउँछिन्,'मेरो व्यक्तित्व यस्तो छ कि केटीहरू पसलमा बढी आउँदछन्।' अमिताभ भन्छन,' यस्तो कुरा गर्न आत्मविश्वास चाहिन्छ।'

नितिनले कोन बनेगा करोडपतिमा ३.२० लाख जित्न सफल भए। उनले ११ औं प्रश्नको गलत जवाफ दिए। यस प्रश्नको साथै, नितिनको खेल समाप्त भयो र उनी शोबाट बाहिरिए । नितिनले सो पैसाबाट आफ्नी आमाको शल्यक्रिया गराउने कुरा बताए।

अमिताभले नितिनलाई सोध्छन् कति पकेट मनी हुन्छ। नितिन भन्छन उनलाई कुनै चीजको सोख छैन तर उनका बुबाले दिनको ५० रुपैयाँ  दिन्छन्। त्यसबाट पनि उनि केही पैसा बचत गर्छन्। यस प्रश्नको साथ अमिताभले आफ्नो पकेटमनिको बारेमा बताउछन् ।

अमिताभ नितिनलाई भन्छन्,'तपाईं धेरै भाग्यशाली हुनुहुन्छ। हामीलाई त तपाइँको उमेरमा पकेटमनिको रूपमा २ रुपैयाँ एक महिनाको लागि पाउथ्यौ । त्यस समय म नैनीतालको बोर्डिङ स्कूलमा पढ्थे । नैनीताल पहाडी क्षेत्र हो, त्यसैले हाम्रो लागि त्यहाँ धेरै प्रतिबन्धहरू थिए। हामी प्रायः निरास हुन्थ्यौ । होस्टेलबाट अलि टाढा एउटा सानो पसल थियो। त्यहाँ पकौडा एकदम राम्रो पाइन्थ्यो । हामी हाम्रो पोकेट मोनिबाट गोप्य रूपमा पकौडा खान जान्थ्यौ ।'

अमिताभ बच्चनसँग अहिले लगभग १००० करोड भारतीय रुपैयाँको सम्पत्ति  छ। जया बच्चनले समाजवादी पार्टीको तर्फबाट राज्यसभाका लागि पेश गरेको नामांकनमा पत्रमा, अमिताभ र जया बच्चनको जम्मा सम्पत्ति १०.०१ अर्ब रहेको छ ।  जुन १००० करोड भन्दा बढी हो। यति मात्र होईन, दुबैको घर र धेरै शहरहरूमा सम्पत्तीहरू छन्।

अमिताभ र जयाको हाल  ४६०  करोड रुपैयाँ भन्दा बढीको अचल र ५४० करोडको चल सम्पत्ति रहेको छ । यस बाहेक दुबैको लन्डन, फ्रान्स, दुबई, पेरिस लगायत भारत र विदेशमा १९ बैंकमा खाता छ। दुबैसँग ६२ करोडको गहना रहेको छ।

स्टार कपलको देश र विदेशमा थुप्रै बंगला र घरहरू छन्।  उनिहरू सवारी साधनहरु पनि धेरै मन पराउछन्। बच्चनसँग करिब १३ करोड रुपैयाँको मूल्याका १२ गाडी छन् । यसमा एक रोल्स रोयस, तीन मर्सिडिज, ए पोर्श तथा एक रेन्ज रोवर जस्तो विलाशी गाडी छन् । अमिताभसँग एक टाटा नानो कार तथा एक ट्याक्टर पनि छन् ।  यस बाहेक, दुबैसँग मुल्यवान घडि पेन लगायत साना साना चीजहरू छन् जसको मूल्य करोडौं रूपैयाँ परेको छ ।

दुबैसँग फ्रान्सको ब्रिगनोगल प्लेजमा ३ हजार १ सय ७५ वर्ग मिटर क्षेत्रफलमा रहेको घरसहितको सम्पत्ति छ । भारतमा उनीहरुसँग नोएडा, भोपाल, पुणे, अहमदाबाद, गान्धी नगरमा जग्गा जमिन छ ।

अमिताभसँग बाराबंकीको दौतपुर क्षेत्रमा ५.७ करोड मूल्यको ३ बटा जग्गा छ । जयाको नाममा लखनउको काकोरी क्षेत्रमा २.२ करोड रुपैयाको १.२२ हेक्टर कृषि भूमी पनि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ