- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । सरकारी छाप कीर्ते गरी कैद र जरिवाना तोकिएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
तीन वर्षअघि सरकारी छाप कीर्ते मुद्दामा जिल्ला अदालतबाट एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका भद्रपुर–७ का कमिचन राजवंशीलाई प्रहरीले बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए ।
सरकारी छाप कीर्ते गरेको अभियोगमा जिल्ला अदालत झापाले राजवंशीलाई विसं २०७३ चैत २२ गते एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकेको थियो ।