arrow

मृत्युको रात रातभर नाचेका थिए माइकल ज्याक्सन

ऋिणमा चुलुम्म डुबेका थिए ज्याक्सन

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
michel-jackson.jpg

काठमाडौं । पप अफ किंगको रूपमा विश्वचर्चित बनेका माइकल ज्याक्सनको जन्म २९ अगस्ट १९५८ मा भएको हो । जुन २००९ मा माइकलले यस संसारबट बिदा लिए । माइकल ज्याक्सन एक मात्र यस्ता गायक, गीतकार र पप डान्सर थिए जसको नाम रक एन्ड रोल हल अफ फेममा शामिल गरिएको थियो ।  

माइकल ज्याक्सनको नाममक १३ ग्रामी पुरस्कार, ग्र्यामी लीजेन्ड अवार्ड्स, ग्र्यामी लाइफटाइम अचीवमेन्ट अवार्ड, २६ अमेरिकन म्युजिक अवर्ड छन्। यसका साथै, माइकल ज्याक्सनले १९८७ मा रिलीज भएको म्यूजिक भिडियो 'स्मूथ क्रिमिनल' नृत्यको स्टेप गरेका थिए त्यो गर्न आज पनि गाह्रो छ ।  नले त्यो स्टेप विशेष जुत्ताको सहायताले गर्थ्यो, जसको पेटेन्ट उनको र दुई सहकर्मीको नाममा छ।

माइकल ज्याक्सनले सम्पूर्ण विश्वलाई केवल रोबोटिक नृत्य र मूनवाकमा मात्र होइन, हिप-पप, पोष्ट-डिस्को, समकालीन आरएन्डबी, पप र रक पनि सिकाए । नृत्य र गायनको साथै माइकल ज्याक्सन यौन उत्पीडनको मुद्दाको लागि पनि चर्चामा थिए। वास्तवमा, उनि माथि १३ बर्षीया बालिकालाई यौन शोषणको आरोप लगाइएको थियो। ज्याक्सनले भने बालिकालाई धेरै माया गर्ने र आरोपहरु निराधार रहेको बताएका थिए । उनि विरुद्ध मुद्दा चार महिनासम्म चल्यो। तर पछि उनी त्यस मुद्दामा दोषी पाइएनन् ।

माइकल ज्याक्सन  आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि धेरै विवादमा रहे । उनले अनुहार सुन्दर बनाउन धेरै पटक प्लास्टिक सर्जरी गरेका थिए। तर जेक्सनले दुई पटक मात्र प्लास्टिकको शल्यक्रिया गरेको स्वीकारेका छन् ।  माइकल ज्याक्सनको पुस्तक ' रिबेम्बर द टाइम: प्रोटेक्टिङ्ग माइकल ज्याक्सन इन द फाइनल डेज' मा उनकी आमा क्याथरिन ज्याक्सन बाहेक कोही पनि अनुमति बिना उनको घरमा आउन पाउदा  थिएनन् । ज्याक्सनका बुबा र भाईबहिनीले समेत उनिबाट अनुमति लिएर आउनु पर्दथियो ।

भनिन्छ  माइकल ज्याक्सन आफ्नो मृत्यु हुनुभन्दा केही दिन अघि प्रदर्शनका क्रममा आफैले आफूलाई गोली हानी मार्नुपर्ने आशय जनाएका थिए । सो कुराको २०१३ मा ज्याक्सनका घनिष्ठ मित्रले खुलासा गरेका थिए । जुन रात उनको मृत्यु भयो उनि एक कन्सर्टको तयारी मा थिए। उनले त्यो  रात रातभर नाचे। जब माइकल ज्याक्सनको मृत्यु भयो, उनीमाथि निकै ऋिण थियो । उनको मृत्युपछि, परिवारले उनको नामको कपि राइटबाट ऋिण चुक्ता गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ