arrow

 वडा सदस्य बुढाको निधन    

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
Patarasi_Gaunpalika.png

सिञ्जा । जुम्ला जिल्लाको पातारासी गाउँपालिका–४ का वडा सदस्य उदयराम बुढाको निधन भएको छ । 

पूर्वनेकपा माओवादीको तर्फबाट खुल्ला सदस्यमा निर्वाचित ६५ वर्षीय बुढाको बुधबार आफ्नै घरमा निधन भएको हो । 

वडा नम्बर ४ का सामाजिक परिचालक उषा बुढाका अनुसार उनी लामो समयदेखि बिरामी थिए । बुढाको बिहीबार दाहसंस्कार गरिएको छ ।

उनका तीन छोरा छन् । वडाध्यक्ष कालिबहादुर रावतले बुढाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा पारित गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ