arrow

भारतलाई पराजित गर्दै वेष्टईन्डिज टि-२० विश्वकपको फाईनलमा

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
WI_SF_16.jpg.jpeg
काठमाडौं। भारतलाई पराजित गर्दै वेष्टईण्डिज टि-२० विश्वकप क्रिकेटको फाईनलमा प्रवेश गरेको छ। संधै झै भारतिय स्टार खेलाडी कोहलीको उत्कृष्ठ प्रदर्शनले पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९२ रनको योगफल खडा गरेको थियो। जवाफमा ब्याटिङ गर्न ओर्लेको वेष्टईण्डिजले  १९.४ ओभरमा ३ विकेटको क्षतीमा १९६ रन बानउँदै ७ विकेटको जीत हात पारेको थियो। 
 
भारतकालागि विराट कोहलीले ८९ रन बनाएका थिए भने रोहित शर्मा र अजंके रहानेले क्रमश ४३ र ४० रनको योगदान दिएका थिए। कोहलीले ४७ बलमा १ छक्का र ११ चौका प्रहार गरेका थिए भने रोहित शर्माले ३ छख्का र ३ चौका आफ्नो खातामा जोडेका थिए। 
 
वेष्टईण्डिजकालागि लेन्डल सिमन्सले ८२* रन बनाएका थिए भने जोन्सन चार्ल्सले ५२ रनको योगदान गरेका थिए। ५१ बलमा ५ छक्का र ७ चौका प्रहार गरेका सिमन्सलाई आन्द्रे रसेलले २० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४३* रन बानउँदै राम्रो साथ दिएका थिए। 
खेलको प्लेयर अफ दि म्याच लेन्डल सिमन्स घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ