arrow

भान डाइक सर्वोकृष्ट खेलाडीः मेस्सी र रोनाल्डो पछि परे 

डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाए

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
virgil-can-dijk.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक युएफा प्लेयर अफ दि इयर घोषित भएका छन्  ।

स्पेनिश क्लब बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै डायकले युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै अवार्ड जितेका हुन् ।

The candidates for Men's Player of the Year: Lionel Messi, Cristiano Ronaldo and Virgil Van Dijk

बिहीबार राति मोनाकोमा डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरिएको हो । 

युएफाका सदस्यहरु, युरोपका प्रशिक्षकहरु र ५५ खेल पत्रकारको मतको आधारमा युएफाले डायकलाई अवार्ड दिएको हो । डायकले ३०५ अंक पाउँदा मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन् ।

The winners of the individual prizes poses with their awards following the ceremony 

यो उपाधि पाउने पहिलो डच खेलाडी बनेका डिफेन्डर डायकले नेदरल्याण्डलाई युएफा नेसन्स कपको फाइनलमा पुर्याएका थिए भने लिभरपुललाई च्याम्पियन्स लिग दिलाएका थिए । 

Van Dijk looked in relaxed mood as he arrived for the UEFA awards ceremony on Thursday

डायकले डिफेन्डर अफ दि सिजन अवार्ड पनि जितेका छन् । 

महिलातर्फको प्लेयर अफ दि वुमेन्स अवार्ड इंग्ल्याण्डकी लुसी ब्रोन्जले जितिन् । 

मेस्सीले फरवार्ड अफ द सिजन जित्दा रोनाल्डो जिल्लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ