arrow

च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक, कुन समूहमा को को ? 

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
liverpool24.jpg

काठमाडौं । युरोपको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक भएको छ । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युएफाले बिहीबार सार्वजनिक गरेको समूह चरणको खेल विभाजनमा दावेदार क्लबहरुसमेत एकै समूहमा परेका छन् । 

समूह चरणका लागि छनोट भएका ३२ टोलीलाई ८ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको हो । 

ड्र अनुसार 
समूह ए – मा स्पेनिश क्लब रियाल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजी परेका छन् । यो समूहमा क्लब वर्ग, गलातासारे रहेका छन् ।

समूह बी – मा साविक उपविजेता इंगलिश क्लब टोटनह्याम हट्सपर र जर्मन क्लब बायर्न म्युनिख रहेका छन् । यो समूहमा ओलाम्पियाओस र क्रेभिना जेभेज्डा रहेका छन् । 

समूह सी – मा इंगलिश क्लब म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा रहेका छन् । 

समूह डी – मा इटालियन क्लब युभेन्ट्स, स्पेनिश क्लब एट्लेटिको मड्रिड, लिभरकुसेन र लोकमोटिभ मस्कोभा रहेका छन् । 

समूह इ– मा साविक विजेता इंगलिश क्लब लिभरपुलसंगै नापोली, साल्जबर्ग  र जेन्क रहेका छन् ।

समूह एफ – मा स्पेनिश क्लब बार्सिलोना, जर्मन क्लब बोरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान र स्लाभिया प्राग रहेका छन् । 

समूह जी – मा जेनिथ, बेनेफिका, लियोन र आरबी लेपजिङ रहेका छन् । 

समूह एच – मा इंगलिश क्लब चेल्सी, आयाक्स, भ्यालेन्सिया र लिले रहेका छन् । 

समूह चरणको खेल १७ सेप्टेम्बर मंगलबारदेखि सुरु हुँदैछ । फाइनल खेल मे ३० को दिन इस्तानबुलमा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ