arrow

भिनाजुले भारतमा बेचेर अलपत्र परेका १३ वर्षीय बालकद्धारा उद्धारको अपिल 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
69420190_365403871059976_1012696560468754432_n.jpg

कञ्चनपुर । दाङ्ग  तुलसीपुरका १३ वर्षीय बालक विशाल चौधरी भिनाजु नाता पर्नेद्वारा भारतको उत्तराखण्ड स्थित शिमलामा बेचिएको पीडित बालकले बताएका छन् ।

तुलसीपुर महानगरपालिका वार्ड नम्बर १९ बिजौरीका बालक विशाललाई गाउँले नाता भिनाजु पर्ने काजु चौधरीले ललाई फकाइ गरी भारतको उत्तराखण्डस्थित शिमलामा बेचेर आफू गएको पिडित बालकले बताए ।

भारतमा सँगै बसौंंला र संगै काम गरौंला भनी फकाएर भिनाजुले घरबाट ल्याएर आफुलाई यतै छोडेर आफू गएको पीडित बालकले बताए । 

२०७५ चैत २९ गते काजु चौधरीसंग भारतको उत्तराखण्ड प्रदेशको सिम्ला भन्ने ठाउँमा काम गर्ने भनी आएको उनी बताउँछन् ।

सिम्ला पुगिसकेपछि चौधरीले  प्रदीप भन्ने मान्छेको घरमा आफुलाई छोडेको  बालकले बताएका छन् । छोडेर गएका भिनाजु अहिलेसम्म भेट्न नआएको र फोन पनि नगरेकाले आफु बेचिएको थाहा पाएको उनले बताए । 
 
  सिम्लामा उनी अहिले प्रदिपको घरमा स्याउ टिप्ने र स्याउका क्रेट ओसार्ने काम गर्दै आईरहेका छन् । दैनिक चौध घण्टा काममा खट्नु पर्ने त्यसमाथि मालिकले कुट्ने पिट्ने र गाली गर्ने गरेको पीडित बालकले बताए । 

पढ्ने खेल्ने उमेरमै अनाथ बन्न पुगेका विशाल अहिले नारकीय जीवन जिउन बाध्य बनेका छन् । पिडित बालक श्रम शोषणको चरम मार खेप्दै आएका छन् । 

सानै उमेरमा बुवा बितेको र आमा अर्कैसँग पोइल गएपछि आर्थिक मार खेप्दै आएका विशाल अहिले बेचिन पुगेका छन् ।

मामाको घरमा बस्दै आएका विशाल काजु चौधरीको जालमा फसेर नारकीय जीवन जिउन बाध्य बनेका छन् । 

बिशालले  काम गर्न थालेको पाँच महिना बितिसक्दा पनि तलब नपाए पछि आफू बेचिन पुगेको चाल पाएका हुन् । आफ्नो पढ्ने रहर भए पनि नियतिले बेचिन पुगेको भए पनि यहाँबाट गाउँमै जान चाहेको बताउँछन् । 

उनले  सरोकारवाला निकायसंग आफ्नो उद्दार गरि दिन अनुरोध गरेका छन् ।  आफुसँग मोबाईल र गाउँका आफन्त कसैको नम्बर नरहेकाले अहिलेसम्म घरमा फोन सम्पर्क समेत गर्न नसकेको बिशालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ