arrow

शास्त्रीले धोनीलाई अब खेल्नै नदिने हुन् त ?

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
dhoni3.jpeg

काठमाडौं । इंगल्याण्डमा भएको एक दिवसीय विश्वकप क्रिकेटपछि मैदानमा नउत्रिएका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय टिममा पर्ने सम्भावना कमजोर हुँदै गएको बताउन थालिएको छ । 

नयाँ खेलाडीहरुलाई अवसर दिने भन्दै मुख्य प्रशिक्षक रवि शास्त्रीले आफ्नो दोस्रो चरणको प्रशिक्षण सुरु गरेका थिए । 

सन् २०१७ मा भारतीय टिम सम्हालेका शास्त्रीको कार्यकाल विश्वकपपछि सकिएको थियो । 

तर चयनकर्ताले पुनः शास्त्रीलाई चुने । शास्त्रीले युवाहरुलाई अवसर दिएर टिमलाई अहिलेसम्मकै नयाँ उचाईमा पुर्याउने दावी गरेका छन् । 

उनको नेतृत्व सन् २०२१ सम्म तोकिएको छ । यो समयभित्र विश्वकप एक दिवसीय नभए पनि टेष्ट च्याम्पियनसिपको फाइनल र विश्वकप टी–२० सम्म उनी रहने छन् । 

धोनीले विश्वकपपछि भारतीय सेनाको तालिममा समय बिताए । दुई हप्ता उनी जम्मू–कश्मीरमा तालिममा गएका थिए । 

त्यसपछि उनलाई टिमले कतै नजोड्ने हो कि भन्ने छ । उनी वेष्ट इन्डिजको एक दिवसीय टिममा रहेनन् । 

दक्षिण अफ्रिका विरुद्धको टी–२० सिरिजमा पनि उनलाई चयन गरेका छैनन् । टी–२० मा नपरेपछि उनको भविष्यका बारेमा समेत प्रश्न खडा भएको छ । 

यो सिरिजका लागि जसप्रित बुमराह पनि सहभागी हुने छैनन् । उनलाई आराम दिइएको छ । त्यस्तै हार्दिक पाण्डेया टिममा फर्केका छन् । 

नयाँ अनुहारका रुपमा दीपक चहर र राहुल चहरलाई मौका दिइएको छ । नवदीप सैनी पनि टिममा परेका छन् । 

दक्षिण अफ्रिका विरुद्ध धर्मशालामा सेप्टेम्बर १५ मा पहिलो खेल हुँदैछ । वेष्ट इन्डिजविरुद्ध खेलेका खेलाडीहरु सबैजसो दक्षिण अफ्रिकाका विरुद्ध खेल्नका लागि पनि सामेल हुनेछन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ