arrow

करण जोहरको पार्टीमा ड्रग्स लिइएको बारे बोले विक्की कौशल

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
drug1.jpg

काठमाडौं ।  केही समय अघि करण जोहरले घरमा पार्टी आयोजना गरेका थिए । रणबीर कपूर, विक्की कौशल, शाहिद कपूर, अर्जुन कपूर, मलाइका अरोडा, दीपिका पादुकोण र वरुण धवनलगायत थुप्रै बलिउड स्टारहरू यस पार्टीमा पुगेका थिए।

 यस पार्टीको एक भिडियो करण जोहरले उनको सोशल मिडिया एकाउन्टमा शेयर गरेका थिए । भिडियो भाइरल भएपछि पार्टीमा स्टारहरुले ड्रग्स लिएको आरोप लगाइएको छ।

यसमा विक्की कौशलको नाम सबैभन्दा चर्चामा छ। विकी टेबुल नजिकै बसिरहेका थिए त्यहाँ बत्तीकोको प्रकाश आइरहेको थियो।सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यससलाई ड्रग्स सम्झेर विक्कीलाई ट्रोल गरिरहेका छन्।

विकी कौशलले यस विषयमा पहिलो पटक मुख खोलेका छन्  विक्कीले भने, " जसले मलाई व्यक्तिगत रूपमा चिन्दैनन्  उनिहरुले  मात्र भिडियोको आधारमा म र मेरा बाँकी साथीहरूबारे त्यस्तो राय बनाउन सक्छन।"

'अचम्मको कुरा यो हो कि तपाईं जुन कुराई आरोप लगाउदै हुनुहुन्छ त्यस बारे जान्नु नै हुन्न । तपाईंले एक भिडियोको आधारमा यो निष्कर्ष निकाल्नुभयो कि यो भएको हुनुपर्छ, यो मेरो बुझाइबाट परको कुरा हो । त्यसता १० प्रतिशत व्यक्तिहरू हुन्छन् जसले भिडियोहरू हेरेर जे पनि विश्वास गर्छन्। त्यस भिडियोको कारण, हाम्रो जीवनको ध्यान तानियो । यो पारिवारिक सामाजिक भेला थियो। '

 उनले भने 'करण जोहरकी आमा भिडियो बनाउनु ५ मिनेट अघिसम‍्म हामीसँगै थिइन्। स्पष्ट छ, त्यहाँ सोचे जस्तो कहिल्यै केहि भएको थिएन। '

सो मामिलामा अकाली दलका नेता मञ्जिंदर सिरसाले एफआईआर माग गरेका थिए । यसका लागि विक्कीले भने, 'म ट्विटरमा गएँ र यसलाई हेरेँ, मैले सोचें' हो, के एफआईआर, खुला पत्र, 'यसले हामीमा गहिरो प्रभाव पार्यो।'

करण जोहरले यी आरोपहरूको बारेमा भनेका छन्, 'विक्की कौशल त्यतिबेला डेंगूबाट  निको भइरहेको थिए र उनले तातो पानीमा कागती हालेर पिइरहेका थिए। भिडियो बनाउनु भन्दा ५  मिनेट पहिले मेरी आमा त्यहाँ बसिरहनुभएको थियो। यो यस्तो प्रकारको परिवार हो जहाँ खुशी बाँडिन्छ। जहाँ साथीहरू सँगै बसेर राम्रो समय बिताउँछन्। यस समयमा हामी राम्रो संगीत सुन्दै थियौं, हामी राम्रो खाना खाइरहेका थियौं र राम्रो उर्जासँग अन्तर्क्रिया गरिरहेका थियौं। त्यो बाहेक केही थिएन।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ