arrow

प्रभासको साहो औषत रहेको प्रतिक्रिया, बाहुबलीको उचाई रह्यो चुनौती

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
saaho-poster.jpg

एजेन्सी। बाहुबलीबाट सुपरस्टार भएका भारतीय अभिनेता प्रभासको चलचित्र साहोबाट एकदम बढि अपेक्षा रहेको थियो। चलचित्र रिलिज भए पछि चलचित्र औषत रहेको प्रतिक्रिया आईरहेको छ।

आर्थिक रुपमा फाईदामा गए पनि प्रविधिक र चलचित्रको ब्याकरणमा औषत रहेको प्रतिक्रियाहरु आईरहेका छन्। प्रभासको चलचित्र भनेपछि दर्शहरु हलसम्म पुग्ने नै छन त्यसैले आर्थिक रुपमा फाईदा जाने निश्वचित रहेको छ। चलचित्रका अरु बिधा जस्तै ब्याकरण, कथामा केहि समस्या रहेको देख्न सकिन्छ ।

बाहुबली जस्तो अब्बल चलचित्र खेलेपछि उनलाई अरु चलचित्रका लागि आफ्नै बाहुबली चुनौती रहेको छ। हरेक नयाँ चलचित्रलाई बाहुबलीसँग तुलना गरिने छ र उक्त चुनौतीमा हरेक पटक खरो उत्रिन कसैलाई संभव हुँदैन। 

झगडाका दृश्यहरु एकदम खतरनाक र राम्रा भए पनि चलचित्रमा कहाँबाट किन आए कति पटक बुझ्न सकिन्न। लडाईका सिनहरु अत्यधिक लामा रहेको पनि प्रतिक्रिया आएका छन्। हुनत: लडाई-झगडा मनपर्नेहरुका लागि उक्त सीनहरु एकदम राम्रा लाग्न सक्छन्।

चलचित्र अन्डरकवर प्रहरी या अपराधिको कथा हो बुझ्न गाह्रो पर्छ। कथामा धेरै प्लटहरु रहेकाले बुझ्न गाह्रो हुन्छ आखिर भैरहेको के हो भनेर। ठूलो बजेटको चलचित्र भएको हुनाले साहोको प्रचार प्रसार एकदम राम्रो रहेको छ। प्रभासका फ्यानहरुलाई यो चलचित्र एकदम राम्रो लाग्ने छ। तर कथा कमजोर रहेको छ।

चलचित्रमा प्रभासको बिरुदध एउटा ग्याङ हुन्छ जुन कहाँबाट किन आयो थाहा पाउन सकिंदैन। एक्सन र स्पेसल ईफेक्ट्स हेर्नका लागि चलचित्र एकदम राम्रो रहेको छ।

श्रद्धा कपुरले राम्रो काम गरेकी छिन्। उनको एक्सन दृश्य पनि हेर्न लायकको रहेको छ। कपुरले आफ्नो चरित्रलाई न्याय गरेकी छिन । त्यसैगरि प्रभासले पनि आफ्नो चरित्रलाई न्याय गरेका छन् । उनको अभिनय राम्रो रहेको छ। अरु कलाकारमा जैकी श्राप, महेश मांजरेकर, चंकी पाण्डे आदीले पनि राम्रो एक्टिङ गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ