arrow

बाबाभन्न सिक्दै थिए म सानो छदै जानुभो

logo
दीपक एम.सी.,
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
buba.jpg

पानी पर्दा चुहिने खरको छानो छदै जानुभो
बाबाभन्न सिक्दै थिए म सानो छदै जानुभो

रङ्गीन सपना बुन्ने रङ्ग ल्याइदुन्छु भन्नुहुथ्यो,
भर्खर किनिदिएको खाली पानो छदै जानुभो!

गुन्द्री बुन्नु हुन्थ्यो आमा छेउमा म हुन्थे
भर्खर बुन्न शुरु गरेको तानो छदै जानुभो

भर्खर बिरुवा हुर्कदै थियो, कोपिला लगाउदै
नचाखिकन फल्दै गरेको दानो छ्दै जानुभो

तपाइले धन्सार भर्ने कुरा गरेको म खुब सुन्थे
पाथी भर्दै मुरी पुर्याउनुथियो मानो छदै जानुभो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ