arrow

नो अब्जेक्सन लेटर लिन खुला आकाशमुनि लाम बस्न बाध्य विद्यार्थी

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
kesar-pustakalaya.jpg

काठमाडौं ।  वैदेशिक शिक्षाका लागि देश छाडेर विभिन्न देशमा उच्च शिक्षा हासिल गर्न शिक्षा मन्त्रालयले दिने नो अब्जेक्सन लेटर लिन बिहीबार राति केशरमहल अगाडि साँझ ७ वजेदेखि बिहान १० बजेसम्म खुला आकाशमुनि लाम बस्न बाध्य नेपाली विद्यार्थी ।

सरकारले दैनिक ३०० जनालाई उक्त प्रमाणपत्र वितरण गर्ने गर्छ । अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीको संख्या पछिल्लो समय बढेको छ । विदेश पढ्न जानका लागि शिक्षा मन्त्रालयबाट अनिवार्य रुपमा अब्जेक्सन लेटर लिनुपर्ने छ ।

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या वार्र्षिक ७० हजार नाघेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७२–०७३ मा ३२ हजार ४ सय ८९ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए भने ०७३–७४ मा सो संख्या बढेर ५० हजार ७ सय ३७ पुगेको थियो ।

वैदेशिक रोजगारी, भ्रमण तथा  अध्ययन भिसाका नाममा नेपालस्थित त्रिभुवन विमानस्थलको साटो छिमेकी मुलुकका विमानस्थलको प्रयोग गरी विदेशमा  मानव तस्करी बढेपछि अध्यागमन बिभागसहित सरोकारवालाको संयन्त्रले कुटनीतिक पहलमार्फत सम्बन्धित मुलुकलाई कडाई गर्न नो अब्जेक्सन लेटर  लागु गरिएको हो ।

नो अब्जेक्सन लेटर लिनेहरु सबै विदेशमा गएर पढ्ने नै हुन् भन्न सकिने अवस्था छैन कतिपय स्टुडेन्ट भिसामा गएर विदेशमा काम तथा पेशा गर्ने गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ