arrow

दीपिका, विराटको छिमेकी बन्दै शाहिद, समुन्द्री तटमा घर

logo
प्रकाशित २०७६ भदौ १३ शुक्रबार
sahid-mira.jpg

काठमाडौं ।  बलिउड अभिनेता शाहिद कपूर र मीरा राजपूत कपूर चाँडै नयाँ घर सर्न लागेका छन्। समाचारका अनुसार उनिहरुले मुम्बईको वर्लीमा एउटा नयाँ घर लिएका छन् जसलाई शाहरुख खानकी पत्नी गौरी खानले डिजाइन गरेकी छन्।

केही दिन अघि मीरा र गौरीले आफ्नो इन्स्टाग्राममा फोटो पनि राखेका थिए जसमा तीनैजना शाहिदको घरमा देखिएका थिए । यसबाटै गौरीले शाहिदको घर डिजाइन गरेको अनुमान लगाउन सकिन्छ ।

मुम्बई मिररको रिपोर्ट अनुसार शाहिद र मीरा सही समय मिलाएर नयाँ घर सर्न सक्छन्। यो घर ८ हजार वर्ग फिटमा बनेको छ, जुन समुद्री तट किनारमा छ। शाहिद  शहरको भीडभन्दा केही टाढा घर लिन चाहन्थे । यही कारण उनले बर्लीमा ८ हजार  वर्ग फुटको घर लिए । जसको बाल्कनी मात्रै ५ सय स्किवार फिटको छ।

यस बाहेक, शाहिदको नयाँ घरमा स्पा, स्विमिंग पूल, जिम  छ। शाहीद र मीराको घर भएको वर्लीमा अन्य स्टारहरुको पनि घर छ । उनका साथै बर्लीमा दीपिका पादुकोण-रणवीर सिंह, विराट कोहली-अनुष्का शर्मा, युवराज सिंह-हेजल कीचको घर रहेको छ ।

हालै, शाहिद र मीराले छोरी मासीको जन्मदिन मनाएका थिए । दम्पतीले आफ्नो छोरीको जन्मदिनमा एउटा पार्टी आयोजना गरेका थिए जसमा धेरै बलिउड स्टार आफ्ना बच्चाहरूसहित पुगेका थिए । पार्टीको तस्वीरहरू सोशल मीडियामा भाइरल भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ