arrow

नाकासँग जोडिँदै दाङका सडक

logo
रासस,
प्रकाशित २०७६ भदौ १४ शनिबार
Dang-hamrakura.jpg.jpeg

तुलसीपुर। कुनै समय सडक–सञ्जालदेखि टाढा रहेको दाङको सीमानाका पछिल्लो समय सडक सञ्जालले जोडिन थालेको छ। सडक सञ्जाल विस्तार नहुँदा सीमा नाकाले जिल्ला सदरमुकामलाई बिरानो ठान्दै आएको थियो तर अब भने नाका क्षेत्र सडकसँग जोडिन थालेपछि नाकावासी खुशी भएका छन्।

“पहिले नाका क्षेत्र निकै पिछडिएको थियो, सडक सञ्जालको विस्तार हुन सकेको थिएन”, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले भने, “तर अहिले सडकसँग जोडिन थालेपछि सहज भएको छ।” अहिले दाङका खङ्ग्रा नाका जोड्ने सडक कालोपत्रे भइरहेको उनको भनाइ छ। लमही नगरपालिका–८ स्थित जहरे दमाराघाटदेखि जग्रहवा हुँदै राजपुर गाउँपालिका–६ स्थित खङ्ग्रा नाका जोड्ने सडक कालोपत्रे भइरहेको गाउँपालिकाका अध्यक्ष केसीले बताए।

सडकको उत्तरतर्फ रु २७ लाख ४५ हजार र दक्षिणतर्फ रु ३३ लाख ५५ हजार गरी ६१ लाखको लागतमा सडक कालोपत्रे गर्न थालिएको हो। अहिलेसम्म सडकको साढे पाँच मिटर चौडाइ र आठ सिसी नाली निर्माण कार्य पूरा भएको छ। उक्त सडक निर्माणको काम प्रतिमा निर्माण सेवाले लिएको अध्यक्ष केसीले बताए।

राजपुर गाउँपालिका–५ मा ५४५ मिटर हुलाकी सडकको उत्तर, दक्षिण खण्डमा रहेको सो सडक कालोपत्रे गर्न प्रदेश नं ५ को भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको रु ९० लाखको लागतमा निर्माण हुन लागेको हो। यस्तै दाङका अन्य नाकामा पनि सडक निर्माणको काम चलिरहेको छ। दाङका नाका राजपुर गाउँपालिकाभित्र पर्छन्। ती नाकामा सडक विस्तारका लागि प्रक्रिया अघि बढिरहेको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ।

उनले नाका क्षेत्रको विकासका लागि सडक सञ्जालको विकासलाई जोड दिइएको बताए। अहिले दाङका २१ नाकामध्ये २१ वटै नाका राजपुर गाउँपालिकामा पर्छन्। कोइलाबास नाका भने गढवामा पर्छ। राजपुरमा पर्ने २१ नाकामध्ये भौवा, पटौली र खङ्ग्रा नाकामा सडक पुगिसकेको छ। त्यस्तै गढवा गाउँपालिकाको कोइलाबास नाकामा पनि सडक सञ्जालको सहज पहुँच पुगिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ