arrow

बेपत्ता बनाइएका परिवारद्वारा धनुषा जिल्ला प्रमुखलाई ज्ञापन-पत्र

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ भदौ १४ शनिबार
dhanusha.png

जनकपुरधाम। विश्व बेपत्ता दिवसको अवसरमा विभिन्न समयमा राज्य पक्ष र तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा बेपत्ता बनाइएका परिवारहरु शुक्रबार धनुषाको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेल मार्फत प्रधानमंत्री केपी शर्मा ओलीलाई ज्ञापन-पत्र बुझाएका छन्।

धनुषामा मानवाधिकारको क्षेत्रमा कार्य गर्दै आएका संस्थाहरु एडवोकेसी फोरम, थर्ड अलाइंस, इन्सेक र ओरेक नेपालको संयुक्त पहलमा शुक्रवार बेपत्ता परिवारहरु आफ्नो बेपत्ता पारिएका परिजनलाई राज्यले कि त सांस वा लाश दिनु पर्ने भन्दै ज्ञापन बुझाएका हुन्।

नेपालमा सरकार र तत्कालीन विद्रोही माओबादीको २०५२ साल देखि २०६३ सम्म ससस्त्र द्वन्दको बेला १७ हजार नेपालीले ज्यान गुमाएको तत्कालीन शान्ति तथा पूननिर्माण मंत्रालयको तथ्यांकलाई उधृत गर्दै ज्ञापन पत्रमा उल्लेख रहेका हुन्।

त्यसमा हजारौं व्यक्तिहरु अझै बेपत्ता पारिएको समेत स्पस्ट रहेको प्रदेश नम्बर दुईको जिल्लाहरु मध्ये सप्तरीमा २८ जना, सिरहामा ३७ जना, धनुषामा ६ जना, महोत्तरीमा ११ जना, सर्लाहीमा १७ जना, रौतहटमा २० जना, वारामा १२ जना र पर्सामा २३ जना व्यक्तिहरु तथ्यांकमा उलेख छ। 

शसस्त्र द्वन्दको बेला महिलाले भोग्नु परेको यौनिक हिंसा, बलात्कार, र यातनाका घटनाहरु अझै पनि तथ्यांक आउन नसकेको समेत ज्ञापनमा लेखिएको छ। बुझाईएको ज्ञापनमा राज्यले जबसम्म द्वन्द पीड़ितको आवाज सुन्दैन, दिर्घकालीन चाहनालाई सम्बोधन गर्दैन तव सम्म मुलुकमा दिगो शान्ति स्थापनामा चुनौती हुने लगायतका १० बुँदा समाबेश गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ