arrow

कुल आचार्य र महेश श्रेष्ठले कतारमा राखे एनआरएनए अध्यक्ष र कोषाध्यक्षको दावेदारी

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
kul-mahesh-quatar.jpg

कतार। एनआरएनको नयाँ नेतृत्व चयनको लागि असोजमा मिति तय भएसँगै नेतृत्वका आकाँक्षीहरुको गतिविधि बढेको छ। अध्यक्षका एक प्रवल दावेदार मानिएका कुल आचार्य अहिले अमेरिका, यूरोप, अष्ट्रेलिया हुँदै मध्यपूर्व पुगेका छन्। पर्वत समाज कतारको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा भाग लिन आचार्य कतार पुग्दा उनीसँगै थिए कोषाध्यक्षका प्रवल दावेदार मानिएका महेश श्रेष्ठ पनि। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी उपाध्याक्ष कुल आचार्य र गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्य महेश श्रेष्ठ दुवै अन्तराष्ट्रिय पर्वत समाजकै संरक्षकको हैसियतमा भेटघाट तथा अन्तरक्रियाका लागि कतार पुगेका थिए। 

कार्यक्रममा बोल्दै आचार्यले समृद्ध पर्वत निर्माणमा प्रवासीहरुले अतुलनीय योगदान गरेको जिकिर गरे।उनले प्रवासबाट समाजले गृह जिल्लालाई गरेका कार्यको प्रशंसा गरे। समाजले गर्ने कार्यहरूप्रति आगामी दिनमा व्यक्तिगत र संस्थागत दुवैमा सहकार्य गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए। एनआरएनए पनि मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको जिकिर गदै मुलुकलाई समृद्ध बाटो तर्फ लैजान सवैले आफ्नो क्षेत्रवाट पहल थाल्नुपर्ने आचार्यको भनाइ थियो। 

नेपाली युवाहरुले कतारमा भोगेको समस्याका विषयमा चिन्ता व्यक्त गदै आचार्यले यहाँका समस्या समाधान गर्न आफुले पहल थाल्ने बताए। आचार्यले बिदेशमा आर्जन गरेको सीप र स्रोतलाई एनआरएनले नेपालको समृद्धिमा परिचालन गर्न चाहेको बताए। नेपालमा राजनैतिक परिवर्तनपछि विकास र समृद्धिको अभियानमा गैरआवासीय नेपालीहरु सहकार्य गरेर अगाडी बढ्न चाहेको उनको भनाई छ। नेपालमा प्रवासीको लगानी भित्र्याउन र समृद्धिको अभियानमा समन्वय र सहकार्य गर्न आफुले एनआरएनको नेतृत्व लिन चाहेको उनले बताए।

आईसीसी सदस्य महेश श्रेष्ठले प्रवासमा रहेर पनि जिल्ला विकास र समृद्धिका लागि पर्वत समाज कतारले काम गरेको दाबी गरे। उनले मुलुकमा समृद्धि भित्राउन प्रवासीको योगदान अतुलनीय रहेको जिकिर गरे।उनले आफु देश तथा विदेशका युवाहरुको समस्यालाई नजिकबाट नियालेको तथा महसुस गरेको बताउँदै समग्र नेपालीको हितका लागि आफुले एनआरएनको कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए। उनले प्रवासी नेपालीले मुलुकको समृद्धिको सुरुवात आफैबाट सुरु गर्नुपर्छ भन्ने विचार राख्दै प्रवासमा बसोबास गर्ने प्रत्येक नेपालीको समृद्धि मुलुकसँग जोडिने हुँदा यसको नेतृत्व एनआरएनले गर्ने बताए।

आचार्य र श्रेष्ठ दुवैलाई एनआरएनएमा लोकतन्त्रवादीहरुको समर्थन रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ