arrow

भारतको दुई नोबल, जस्ले वेष्टईण्डिज फाईनल पुग्यो

भारतको हारमा रहाणे दोषी !

logo
प्रकाशित २०७२ चैत १९ शुक्रबार
Noball_Dhoni_Sammy.jpg.jpeg
काठमाडौं। टि-२० विश्वकपको शुरुवाती वेष्टईण्डिज टोलीमा नरहेका लेण्डल सिमन्सले भारत बिरुद्धको सेमीफाईनलमा बिष्फोटक ब्याटिङ गर्दै आफ्नो टोलीलाई फाईननलमा पुर्‍याएका छन्। ५१ बलमा ५ छक्का र ७ चौकाको मदतले ८२ रन बनाएका सिम्नसले १९३को लक्ष्य पच्छयाउन वेष्टईण्डिजलाई मदत गरेका थिए।
 
भारतिय बलरहरुको अनुशासनहिन बलिङको फाईदा दुईपटक सिमन्सले पाएका थिए। ६.५ ओभरमा आश्विनले गरेको बलमा बाहिरी किनारा लागेर क्याच भएका थिए तर आश्विनको नोबल भएको थियो। त्यो समय सिमन्स १८ रनमा खेलिरहेका थिए। १४.५ ओभरमा हार्दिक पाण्डयाको बलमा सिमन्स फेरि क्याच भए र फेरि पनि उनलाई नोबलले बचायो, त्यती खेर सिमन्सले ५० रनमा थिए। 
 
भारतिय बलरहरुले प्रतियोगितामा गरेको अनुशासित बलिङ सेमीफाईनलमा गरेका थिएनन्। फाष्ट बलरले नोबल गर्नु सामान्य मानिए पनि स्पिनरले नोबल गर्नु आफैमा अचम्म पर्ने कुरा हो। भारतिय बलिङ आक्रमणका प्रमुख बलर आश्विनले नोबल गरेका थिए।
 
अनिश्चितताले भरिएको खेल क्रिकेटमा ती दुई नोबल नभएका भए सायद परिणाम अर्कै आउन सक्थ्यो । 
 
सिमन्स वेष्टईण्डिजको प्रारम्भिक टोलीमा परेका थिएनन्। टोलीका अर्का बिष्फोटक ब्याट्सम्यान आन्द्रे फ्लेचर घाईते भएपछि टोलीमा बोलाईएका सिमन्स एकदिन अगाडीमात्र मुम्बई आईपुगेका थिए। मुम्बई ईन्डियन्सबाट आईपिएल खेल्ने सिमन्सकालागि उक्त पीच र मैदान घरेलु थियो। उनलाई आईपिएलको खेलहरुमा मुम्बईका दर्शकहरुले समर्थन गर्ने गरेका थिए तर वेष्टईण्डिजबाट खेलेर भारतलाई हराएका सिमन्सका कारण वानखेडे मैदान केही समय शान्त भएको थियो। वेष्टईण्डिजको जीत पछि केही समय शान्त रहे पनि मुम्बईका क्रिकेट प्रशंकहरुले वेष्टईण्डिजको तारिफ गरेका थिए। 
 
वेष्टईन्डिजलाई जिताउने क्रममा सिमन्सले जेरेमी चार्लससँग ९७ रनको साझेदारी गरेकाथिए भने आन्द्रे रशेलसँग ६.३ ओभरमा ८० रनको साझेदारी गरेका थिए। 
 
प्रारमभिक बिष्फोटक ब्याट्सम्यान क्रिस गेललाई दोस्रो ओभरमा गुमाएको वेष्टईन्डिजलाई सिमन्स-चार्लस-रसेलले जीतको बाटो देखाएका थिए। 
 
भारतको हारमा रहाणे दोषी ?
 
टि-२० विश्वकपको सेमीफाईनलमा वेष्टईण्डिज बिरुद्धको हारलाई लिएर भारतमा निकै ठुलो टिका-टिप्पणी शुरु भएको छ। क्रिकेटलाई संस्कृतिको रुपमा आत्मसाथ गरिसकेको भारतमा हार पचाउन जहिले गाह्रो हुने गरेको छ। 
 
आफ्नै मैदानमा हार खेप्नु त भारतकालागि मरेतुल्य हुने गरेको नै छ र जहिले हारका पछाडीका कारण खोज्ने हुनाले कोही न कोही बलिको बोको हुने गरेको छ। 
 
सामाजिक संजाल फेसबुक र ट्विटरमा भारतियहरुको टिप्पणी हेर्दा अजन्के रहाणेलाई दोष दिईराखेका छन्। भारतिय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवनका ठाउँमा आएका रहाणेले वेष्टईण्डिज बिरुद्धको सेमीफाईनलमा ३५ बलमा बनाएको ४० रन धेरै नै थौरै भएको र त्यही कारणले भारतले राम्रो रन बानउन नसकेको आंकलन भारतीय समर्थकहरुले गरेका छन्। ४ खेलमा ४३ रन बनाएका धवनको ठाउँमा आएका रहानेले एकै खेलमा ४० रन बनाएका हुन्। 
 
रहाणेका बारे धोनीले बोलेका छन्-'रहाणेलाई हारमा दोष दिन मिल्दैन्। उनलाई जुन भुमिका निभाउन भनिएको हो उक्त भुमिका उनले निभाएका छन्। रहाणे न कोहली हुन् न रोहित शर्मा जो आवश्यक्ता अनुसार छिटो-ढिलो खेल्न सकुन्'। धोनीले रहाणेको बचाउ गरे पनि सामाजिक संजालमा देखिएको प्रतिकृयाले हारको जिम्मेवार रहाने हुन् भनेर अधिकांश भारतिय समर्थक विश्वस्त भएको देख्न सकिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ