arrow

खेल अगाडि क्रिकेट मैदानको ‘बाउण्ड्री रोप’ चोरी भए पछि....

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
cricket-field-norope.jpg

एजेन्सी। क्रिकेटमा अनेक नयाँ नयाँ किर्तिमानहरु बनिरहन्छन्। क्रिकेटमा जति किर्तिमान सायदै अरु खेलमा बन्छ होला । किर्तिमानका लगि प्रख्यात क्रिकेटमा कहिलेकाँही अनौठा घट्ना घट्ने गर्छन् ।

इङल्याण्डमा एक खेलको अघिल्लो रात बाउण्ड्रीमा रहेको डोरी चोरी भएको छ। क्रिकेटमा चौका –छक्का छुट्ट्याउन राखिएको डोरी चोरी भएको सायदै विश्वको पहिलो घट्ना होला।

इङल्याण्डको नर्थ लिंकनशायरमा अवस्थित मैदानमा बाउण्ड्रीको डोरी चोरी भएको कुरा मैदान कर्मचारीहरुले बिहान मात्र थाहा पाएका थिए। करिब ३ सय मिटर लामो डोरी चोरी भएको हो।

बाउण्ड्री डोरी बिना खेल शुरु नहुने भए पछि म्याच अफिसियल्सहरुले बाउण्ड्रीमा झण्डा गाडेर खेल सुचारु गरेका थिए। बाउण्ड्रीमा झण्डा राखेर खेल गराउने पुरानो चलन रहेको छ। नेपालमा पनि पहिले झण्डा राखेर बाउण्ड्री बनाईन्थ्यो।

करिब ७ सय पाउण्ड पर्ने डोरी चोरी भए पछि अनुसन्धान शुरु भएको छ। मैदानमा रहेको सिसिटिवीमा चोरहरु सेतो भ्यानमा आएको र मैदानको झाडी रहेको भागबाट डोरी तानेको देखिएको छ। मैदानको अर्को भागबाट चोरी भएको हुनाले चोरहरु स्पष्ट चिनिन सक्ने छैनन्।

मैदानका अधिकारीहरु यो घट्नाले अच्चम्भित परेका छन्। कसैले किन मैदानमा रहेको डोरी चोर्छ होला ? यस्तै यस्तै प्रश्नहरुको उत्तर उनीहरु खोजिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ