arrow

दुर्घटनामा परी दुईको मृत्यु तीन घाइते

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
accident-final.jpeg

रुकुम पश्चिम । रुकुम आठबीसकोट नगरपालिका–६ मन्काबगरमा शनिबार बिहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।     
     
मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विक र नाम नखुलेका एक जना रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।     
     
दुर्घटनामा परी घाइते भएका ट्र्याक्टर चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, सोही ठाउँका १७ वर्षीय बलबहादुर विक र सोही वडाको छिमीका १५ वर्षीय मोहन बोहराको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए । घाइतेमध्ये चालक वादीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनको भनाइ छ ।     
     
दामाचौरबाट करपगार जाँदै गरेको भे१च ७८९३ नंको ट्र्याक्टर सडकबाट करीब १०० मिटर तल भेरी नदीको किनारामा खसेर दुर्घटना भएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ