arrow

पुरुषलाई समेत तीजमा सार्वजनिक बिदा    

logo
प्रकाशित २०७६ भदौ १४ शनिबार
teej.jpeg

दमौली । तनहुँको व्यास नगरपालिकाले महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।     
     
नगरपालिकाले तीज पर्वको अवसरमा भदौ १६ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय बमोजिम नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
     
स्थानीय सरकार गठन भएपछि स्थानीय सरकारको अधिकार प्रयोग गरी सार्वजनिक बिदा दिने व्यास नगरपालिकाका दोस्रो भएको छ । 

यसअघि जिल्लाकै भानु नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते सार्वजनिक बिदा दिएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ