arrow

मेस्सी बिनाको बार्सिलोनाको लय गुम्यो, यस्तो छ शनिबारका खेलको परिणाम 

फातीले राखे यस्तो कीर्तिमान

logo
प्रकाशित २०७६ भदौ १५ आइतबार
ansu-fati.jpg

काठमाडौं । स्पेनिश लिग ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सही गति पकड्न सकेको छैन ।

लियोनल मेस्सी मैदान बाहिरै रहन परेपछि बार्सिलोनाले लय समात्न नसकेको हो । ला लिगाको पहिलो खेलमै हारबाट सिजन सुरु गरेको थियो । 

Osasuna took the lead in the seventh minute through Roberto Torres (L)

शनिबार रातिको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको हो । ओसासुनाको मैदानमा भएको खेलमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।

बार्सिलोना खेलको सातौं मिनेटमा पछि परेको थियो । ओसासुनाका रोबर्टो टोरेसले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा बार्सिलोना खेलमा फर्कियो । खेलको ५१ औं मिनेटमा यूवा खेलाडी अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । 

The youngster, wearing the number 31 shirt, is congratulated by Jordi Alba and Gerard Pique

ओसासुनाविरुद्ध गोल गरेसँगै १६ वर्ष ३०४ दिनका फाती ला लिगामा बार्सिलोनाबाट सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बने ।

Both starting XI's pay their respects before the match in memory of Luis Enrique's daughter

यस्तै ६४ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर खेलको ८१ औं मिनेटमा ओसासुनाका टोरेसले पेनाल्टीमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

शनिबार रातिका अन्य खेल
गेटाफे १–१ डेपोर्टिभो एलाभेस
लेभान्ते २–० रियाल भल्लाडोलिड
रियाल बेटिस २–१ लेगनेस

अंक तालिका
एथलेटिक बिलबाओ ३ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा छ । सेभिल्ला ७ अंकसहित दोस्रो स्थानमै छ । 

लेभान्ते ६ अंकसहित तेस्रो स्थानमा छ । २ खेलबाट ६ अंकको एथलेटिको मड्रिड चौथो स्थानामा छ । ४ अंकबाट बार्सिलोना सातौं स्थानमा छ । २ खेलबाट ४ अंकको रियाल मड्रिड आठौं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ